बिजनेस युनिभर्सल बैंकको १३ औं शाखा पोखराको प्रस्र्याङमा

पोखरा २५, मंसिर –

बिजनेस युनिभर्सल डेभलपमेन्ट बैंक लिमिटेडको १३ औं शाखा पोखराको प्रस्र्याङमा स्थापना भएको छ । पोखरा क्षेत्रमा पाँचौं शाखाको रुपमा स्थापना भएको उक्त शाखाको एक समारोहका विच सुक्रबार समाजसेवी हेरम्व प्रसाद कोइरालाले गरे । कार्यक्रममा बोल्दै कोईरालाले देश आर्थिक संकटमा परेको अबस्थामा पनि यसरी बैंकको शाखा उद्घाटन हुनु पोखरा क्षेत्रको लागि राम्रो सन्देश भएको बताउदै जलबिद्युत र सोलार प्लान्टमा लगानी गर्न बैंकलाई आग्रह गरे । देशमा भएको चरम उर्जा संकटलाई टार्न अब बैंक तथा विक्तिय संस्थाहरुले उर्जा उत्पादनको क्षेत्रमा लगानी गर्नुपर्नेमा उनको जोड थियो ।

business bank

बैंकका अध्यक्ष मिलन कुमार बैद्यको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा संस्थापक शेयरधनि श्याँमकुमार शर्मा, बैंकका प्रमुख कार्यकारी अधिकृत मनोहर के.सी., पोखरा उद्योग बाणिज्य संघका सदस्य विश्वशंकर पालिखे, बैकर्स अनिरुद्र बराल लगायतले बैंकको बारेमा चर्चा गरेका थिए । उक्त शाखामा सुक्रबारबाटै कारोवार सुरु भएको छ ।

बैंकको प्रधान कार्यालय काठमाण्डौको अनामनगरमा रहेको छ भने बैंकले काठमाण्डौंको पुरानो बानेश्वरमा एक थप शाखा खोल्ने तयारी गरेको छ । नेपाल राष्ट्र बैकबाट स्वीकृत प्राप्त गरीसकेको चुक्ता पुँजीको १३ प्रतिशत वोनश शेयर तथा ०.६८ प्रतिशत नगद लाभाम्श वोनश शेयर आगामी पुष ३ गतेको १२ औं बाािषर््ाक साधारण सभामा पेश गर्ने भएको छ । हाल बैंकको चुत्तां पुँजी ९३ करोड ४६ लाख ८९ हजार रहेको छ भने साधारण सभाबाट प्रस्ताव पारित भए पछि चुक्ता पुँजी १ अर्व ५ करोड ६१ लाख ९९ हजार पुग्ने भएको बैंकका प्रमुख कार्यकारी अधिकृत के.सी.ले बताए । बैंकले आर्थिक बर्ष २०७१-०७२ मा सञ्चालन मुनाफा २४ करोड ४४ लाख ८५ हजार रहेकोमा असोज मसान्तरसम्म करीब ६ अर्व ६९ करोड निक्षेप संकलन गरी ५ अर्व ५८ करोड विभिन्न क्षेत्रमा लगानी गरेको बैंकले जनाएको छ ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button