लोटस एकेडेमिकमा नेपाली हिज्जे प्रतियोगिता सम्पन्न

  • पोखरा न्यूज
  • २०७२ मंसिर २५
Post Thumbnail

पोखरा, २५ मङ्सिर –
पोखराको नयाँबजारस्थित लोटस एकेडेमिक स्कुलमा अतिरिक्त क्रियाकलाप अन्तरगत शुक्रबार नेपाली हिज्जे प्रतियोगिता सम्पन्न भएको छ ।

अन्तरसदनात्मक रुपमा निमावि तहका विद्यार्थीहरु बिच भएको प्रतियोगितामा निलो सदनका अनिस परियार, कृशान्त तिमिल्सिना, सुजाता श्रेष्ठ र सालेहा खातुनको समूह पहिलो भएको छ । यस्तै, हरियो सदनका यजश्वी थापा मगर, सनम गुरुङ, मनिषा कुमारी र सुवास गुरुङको समूह दोस्रो तथा रातो सदनका आशिष गुरुङ, विपना गौतम, साहिल घोताने र सद्भाव रेग्मीको समूह तेस्रो भएका विद्यालयका प्रचार प्रसार संयोजक सुरेन्द्र सदिच्छाले जानकारी दिनुभयो ।

विद्यालयका इन्चार्ज मित्रलाल पोखरेलले पहिलो शब्दको हिज्जे सोधेर उद्घाटन गर्नुभएको कार्यक्रममा विद्यालयका संस्थापक-प्राचार्य कर्ण गुरुङले नेपाली भाषाको पनि जीवनमा उत्तिकै महत्त्व रहेकाले राम्ररी अध्ययन गर्न विद्यार्थीलाई सुझाव दिनुभयो । कार्यक्रममा  नेपाली विभागका प्रमुख नारायण मरासिनी, शिक्षक सुरेन्द्र सदिच्छा र दीपेन्द्र थापा मगर निर्णायक रहनुभएको थियो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस