पोखरा, २५ मंसिर –
पुईमे बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरयो । रक्तदानमा ४५ युनिट रगत संकलन भएको संस्थाका सचिव बिक्रम गुरुङले बताउनुभयो । पोखरामा रगतको अभाव रहेको बेला आफ्नो तेस्रो र्बािषक उत्सबको अबसर पारेर पुईमे बचत तथा ऋण सहकारीले रक्तदान कार्यक्रम गरेको संस्थाका सल्लाहकार लेखनाथ अर्यालले जानाकारी गराउनुभयो ।
संस्थाका अध्यक्ष गुरुङले पहिलो रक्तदाता सचिब बिक्रम गुरुङलाई ब्लड ब्याग हस्तान्तरण गरि रक्तदान कार्यक्रमको उद्घघाटन गर्नुभयो । रक्तदान कार्यक्रममा संस्थाका उपाध्यक्ष मनशोभा गुरुङ, कोषाध्यक्ष चिजकाजी गुरुङ, संचालक सदस्य कोपिला पोख्रेल लगायतले रक्तदानको महत्व बारे बोलेका थिए । संस्थाका अध्यक्ष भरतबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव बिक्रम गुरुङले गरेका थिए भने स्वागत कर्जा प्रबन्धक ननश्री गुरुङले गर्नुभएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution