पोखराको काहूँखोलामा मुक्तिनाथ विकास बैंकको शाखा स्थापना

पोखरा, २६ मंसीर –

पोखराको मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो ३० औंं शाखा पोखरा १३ काहूँखोलामा स्थापना गरेको छ । विगत २०६६ साल माघ १ देखि सञ्चालनमा रहेको लघुवित्त इकाई कार्यालयलाई आधुनिक बैकिङ्ग शाखा कार्यालयमा शुक्रवारदेखि कारोवार सुरु गरीएको बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले बताए । “जनता बैंकमा होइन बैंक जनतामा जानुपर्दछ” भन्ने सिद्धान्तलाई आत्मसात गरी उक्त शाखा सञ्चालनमा ल्याएको उनले बताए ।

मुक्तिनाथ २

नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर महाप्रसाद अधिकारी उक्त शाखाको समुद्घाटन गर्दै देश संकटमा परेको समयमा बैंकहरु अझ बढी सजग भएर उत्पादनशित क्षेत्रमा लगानी गर्नु पर्नेमा जोड दिए । बैंक संचालक समितिका अध्यक्ष मिन प्रसाद गुरुङ्गको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा बैंकका सञ्चालक समितिका सदस्य राम प्रसाद पोख्रेल, प्रमुख सल्लाहाकार खगेन्द्र राज रेग्मी, समाजसेवी इन्दीरा सिग्देल, कोन सामुदायिक संस्थाका अध्यक्ष शरदकान्त सिग्देल, कर्मचारी शर्मिला लम्साल लगायतले वोलेका थिए ।

यस शाखाबाट काँहुखोला र यसका आसपासका क्षेत्रका जनता, उद्योगी व्यवसायी, शैक्षिक संस्था (स्कुल कलेज) स्वास्थ्य सेवा प्रदायक (हस्पिटल) सरकारी, गैहसरकारी संघ संस्था, कृषि पशुपालनसंग सम्बन्धित व्यवसायीहरु माझ प्रत्यक्ष रुपमा बैंकिङ पंहुच पुग्ने बैंकले विश्वास लिएको छ । असोज मसान्तर भित्र बैंकले ६४ करोड चुक्ता पुजी रहेको छ भने संचालन मुनाफा १० करोड ७७ लाख रहेको प्रमुख कार्यकारी अधिकृत ढकालले बताए । उनका अनुसार असोज मसान्तरसम्म ७ अर्व २८ करोड कर्जा लगानी रहेको छ भने निक्षेंप संकलन ८ अर्व ३० करोड रहेको छ ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button