पोखरा २६, मंसिर –
सिङगापुर एयरलाईन्सको सिल्क एयर र सेवर ट्राभल नेटवर्क नेपालको संयुक्त रुपमा सुक्रबार पोखरामा व्यावसाय बजारीकरणको लागि प्रमोशनल कार्यक्रम पहिलो पटक आयोजना गरेका छन । पोखरा क्षेत्रको पर्यटक प्रवद्र्धन गरी स्वदेशी पर्यटकहरुलाई पनि झनझट रहित विदेश यात्राको सहज हुने गरी आफुहरुले ट्राभल एजेन्सीहरुलाई मात्र लक्षित गरी पहिलो पटक पोखरामा छलफल तथा अन्तरकृया कार्यक्रम आयोजना गरेको सिल्क एयर नेपालका जनरल म्यानेजर विवेक जैनले बताए ।
सन १९८७ सालदेखि करीब १५ बर्ष जसो काठमाण्डौंबाट सिंगापुर फ्लाईट गर्दै आएको सिंगापुर एयरले नेपालमा भएको द्धन्दको कारणले गर्दा ५ बर्ष सेवा ठप्प गरेको थियो । सन २००७ बाट सिल्क एयरले नेपालमा निरन्तर रुपमा सेवा दिदै आएको छ । एक सय ६२ सिट क्षेमताको वोईङ ७३७ बाट हप्ताको ४ दिन काठमाण्डौंबाट सिधै सिंगापुर फ्लाईट हुदै आएको उनले जनाए ।
उनले भने “हामीले पोखरामा धेरै सम्भावना देखेर ट्राभल्स एजेन्जीहरुलाई लक्षित गरी उनीहरुसंग छलफल तथा अन्तरकृया कार्यक्रम आयोजना गरेका हौं, यो कार्यक्रम पश्चात यस क्षेत्रबाट सिङगापुर हुदै विभिन्न राष्ट्रमा भ्रमण जाने पर्यटकहरुको सङख्यामा बृद्धि हुने छ भने पोखराको बजारलाई हेरेर सिंगापुरबाट पनि पोखरामा पर्यटक भित्राउन सकिन्छ । ” विश्वका ५० बढी देशमा हप्तामा ३ सय ५० बढी फ्लाईट गर्दै आएको जैनले जनाए ।
सन २००७ सालदेखि काठमाण्डौंमा आधार भएर सिंगापुर हुदै अष्ट्रेलिया, जापान, न्युजिल्याण्ड लगायतका युरोपेली मुलुकहरुमा सुरक्षित तथा आरमदायि हवाई सेवा दिदै आएको सिल्क एयर नेपालका जनरल म्यानेजर जैनले बताए । काठमाण्डौंबाट सिंगापुर भ्रमण जाने तथा सिंगापुर हुदै अन्य देश जाने पर्यटकहरुको लागि आफुहरुले आधाकारिक ट्राभल्स एजेन्सी मार्फतबाट मात्र अनलाईन बुकिङ गर्ने भएको सेवरका जनरल म्यानेजर अनुपमा बुढाथोकीले बताईन । विदेशी पर्यटकहरुको हकमा डलर क्रेडीट कार्डको आधारमा समेत अनलाईन बुकिङ हुने भएको उनले बताईन । सामान्यतया काठमाण्डौंबाट सिंगापुर हुदै सिंगापुरबाट काठमाण्डौं आएको करीब ६४ हजार शुल्कः लाग्ने भएको बताईन्छ । कार्यक्रममा पोखरा क्षेत्रका विभिन्न ट्राभल एजेन्सीका पदाधिकारीहरुको सहभागिता रहेको थियो । विगत लामो समयदेखि सेवा दिदै आएको उक्त एयरले पहिलो पटक पोखरामा यस्तो कार्यक्रम आयोजना गरेको सिल्क एयरको साहायक बजार व्याबस्थापक निरज रिमालले बताए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution