‘सुर ताल’को दोस्रो सिजनको ग्राण्ड फिनाले आगामी पुस १८ मा

पोखरा, २६ मंसिर –

गायन तथा नृत्य रियालिटि शो ‘सुर ताल’को दोस्रो सिजनको ग्राण्ड फिनाले आगामी पुस १८ गते हुने भएको छ । पोखरा सभागृहमा हुने ग्राण्ड फिनालेमा १३ जना प्रतिस्पर्धीहरु भिड्ने भएका छन् । नृत्यतर्फ ७ जना र गायन तर्फ ६ जना प्रतिस्पर्धीहरु ग्राण्ड फिनाले भिड्ने आयोजकले बताएको छ ।

ग्राण्ड फिनालेको तयारीका तिव्र रुपमा जुटेको आयोजक सुर ताल कला केन्द्रले सम्पूर्ण हिसाबले कार्यक्रमलाई भव्य र सभ्य बनाउन लागिपरेको दाबी गरेको छ । ‘सुर तालको यो सिजनको ग्राण्ड फिनाले निकै उत्कृष्ट हुनेछ ।’ रियालिटि शो सुर–तालका सँयोजक प्रशान्त सुनारले भने–‘यसको लागि हामीले तयारीलाई चुस्त बनाएका छौँ ।’

गायन तथा नृत्य प्रतियोगिता ‘सुर ताल’मा १० जिल्लाबाट करिब एक हजार जना सहभागी भएका थिए । यो बीचमा गायनतर्फ रामभक्त जोजिजु र योगेश काजी बिसी निर्णायक रहेका थिए । त्यस्तै नृत्यतर्फ गोरे गुरुङ र देवराज राई निर्णायक रहेका थिए ।

ग्राण्ड फिनालेमा भने प्रमुख अतिथिको रुपमा महानायक राजेश हमाल आउने भएका छन् । आयोजकले यो कुराको पुष्टी गरेको हो । त्यस्तै गायक तिलक बम मल्ल र डम्मर नेपाली पनि ग्राण्ड फिनालेमा विशेष आकर्षण रहनेछन् ।

प्रतियोगितामा गायन र नृत्य दुवै विधातर्फ विजेता बन्नेलाई हार्टफोर्डको स्कुटर प्रदान गर्ने आयोजकले बताएको छ । त्यस्तै दुवै विधामा दोस्रो हुने प्रतियोगीलाई २० हजार रुपैयाँ नगद प्रदान गर्ने उसले जनाएको छ ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button