पोखरा, २७ मंसीर –
पोखरामा भोलि सोमबार पनि डिजेल वितरण गरिने भएको छ । यसै हप्ता गत २१ गते र २६ गते डिजेल वितरण गरेको प्रशासनले भोलि सोमबार पुनः डिजेल वितरण गर्ने निर्णय गरेको हो । भोलि विहान ८ बजेदेखी ३३ वटा पेट्रोल पम्पबाट डिजेल वितरण गरिने जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।
प्रशासनका अनुसार विन्दवासिनी आयल लेखनाथबाट ६ हजार लिटर, पश्चिमाञ्चल टे«डर्स, लेखनाथबाट ४ हजार, पृथ्वीराजमार्ग पे. प्रा.लि. लेखनाथबाट ४ हजार, सुभजगदम्वा आयल स्टोर्स, लेखनाथबाट ४ हजार, इन्द्र ज्योती आयल , लेखनाथबाट ४ हजार, जुपिटर ट्रेडर्स, लेखनाथबाट ४ हजार, डि.आर. आयल पोखराबाट ४ हजार, श्रीओम प्ट्रोलियम ट्रेडर्स, पोखराबाट ४ हजार, नमिता टे«डर्स, पोखराबाट ६ हजार, गण्डकी पेट्रोलियम कंपनी, पोखराबाट ४ हजार, मनकामना आयल स्टोर्स, पोखराबाट ४ हजार, मनकामना आयल स्टोर्स, पोखराबाट ४ हजार, सारदा आयल, पोखराबाट ६ हजार लिटर डिजेल उपलब्ध गराईनेछ ।
यसैगरी, पञ्चरत्न आयल, पोखराबाट ४ हजार, हिमालयन पेट्रोलियम कं. प्रा.लि., पोखरा ४ हजार, अन्नपूर्ण आयल, पोखराबाट ४ हजार, जगदम्बा आयल, पोखराबाट ६ हजार, बि.एस. आयल स्टोर्स, पोखराबाट ४ हजार, वृहस्पती आयल, पोखराबाट ४ हजार, अटो क्लिन, पोखराबाट ४ हजार, रानीपौवा आयल पोखराबाट ४ हजार, बराल आयल पोखराबाट ४ हजार, कालिका पेट्रोल पम्प, पोखराबाट ६ हजार, विश्वास आयलबाट ४ हजार, सागर आयल पोखराबाट ६ हजार, उत्तम आयल पोखराबाट ४ हजार, लान्द्रुक प्ट्रोलियम प्रा.लि.बाट ४ हजार, पराजुली आयल, पोखराबाट ४ हजार, थापा आयल पोखराबाट ४ हजार, जयबुद्ध आयल पोखराबाट ६ हजार लिटर डिजेल वितरण गरिनेछ ।
अत्यावश्यक सेवाका सवारी साधनलाई कालिका फ्यूल स्टेशन, पोखराबाट २० हजार लिटर, ऋषि एण्ड टे«डर्स साझा पोखराबाट सरकारी गाडीहरुको लागि मात्र २ हजार ५ सयका दरले डिजेल वितरण गरिनेछ भने पश्चिमाञ्चल होटल संघको सिफारिसमा होटलको जेनेरेटरको लागि नेसनल टे«डिङ्ग पोखराबाट २ हजार र वित्तिय संस्थाहरुको जेनेरेटरको लागि ३ हजार लिटर डिजेल उपलब्ध गराईनेछ ।
तोकिएको पेट्रोलपम्प हरुमा लामा दुरीका वसलाई ६ हजार, लामा दुरीका ठुलो ट्रकलाई ५ हजार, ग्रामिण रुटमा चल्ने बसलाई ४ हजार, मिनि वसलाई ३ हजार ५ सय, हायस माईक्रोलाई ३ हजार ५ सय, नगरबस÷वेगनास बसलाई ३ हजार, मिनि, मझौला र लोकल ट्रकहरुलाई ३ हजार, अन्य निजी डिजेल कार, जिपहरुलाई २ हजार ५ सय, ठूलो ट्याक्टरहरुलाई २ हजार, साना ट्याक्टरहरुलाई ५ सय, पर्यटन ठूला बसहरुलाई ६ हजार, पर्यटन साना सवारीहरुलाइपर्् २ हजार ५ सय, खुद्रा माल ढुवानी गाडीहरुलाई २ हजारका दरले डिजेल उपलब्ध गराईनेछ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution