पोखरा, २७ मंसीर –
बन तथा भु—संरक्षण मन्त्री अग्नीप्रसाद सापकोटाले निजी क्षेत्रको सहकार्यबाट मात्र देशले आर्थिक समृद्धि हासिल गर्न सक्ने बताएका छन । नेपाल उद्योग बाणिज्य महासंघको आयोजना र पश्चिमाञ्चल क्षेत्रीय उद्योग बाणिज्य संघको सहकार्यमा आइतबार पोखरामा सुरु भएको बन सम्वीन्ध विजनेस प्लान डेभलपमेण्ट ट्रेनिङको उद्घाटन गर्दै मन्त्री सापकोटाले निजी क्षेत्रको सहभागिता विना देशले आर्थिक समृद्धि हासिल गर्न नसक्ने बताएका हुन ।
उनले भने “निजी क्षेत्रको सहभागिता विना देश विकास हुन्छ भन्नु बकवास मात्र हो, सरकार र निजी क्षेत्रको सहकार्यबाट मात्र देशले गति लिन सक्छ । ” हरियो बन नेपालको धन भन्ने गरिएपनि राष्ट्रिय अर्थतन्त्रमा यसको योगदान नगन्य देखिएकोले बन सम्वन्धि नीतिलाई परिर्वतन गरेर बैज्ञानिक व्यवस्थापन गर्न मन्त्रालयले तयारी थाल्ने उनले बताए ।
मन्त्री सापकोटाले देशमा देखिएको बर्तमान समस्यालाई हल गर्न सरकार हदैसम्म लचिलो भएको बताए । “सरकारले राजनीतिक र कुटनीतिक रुपमा प्रयास गरिरहेको र सकारात्मक संकेत पनि देखिएका छन, दक्षिण एसियाको राजनीतिमा विश्वासको खडेरी छ, अहिले नै समस्या समाधान हुन्छ भन्न सकिने अवस्था छैन ।” अहिलेको समस्या राजनीतिक नै भएको बताउँदै सापकोटाले मधेशी मोर्चाले राखेका मागलाई पुरा गराउन सरकार लचिलो भएको जनाउदै मधेशी नेताहरुले सरकराले राखेको प्रस्तावमा केही भाषागत समस्या देखाउनु भएकोले केही दिनमा सहमतिमा पुगिने सम्भावना भएको जनाए । । नेपालीहरुको आन्तरीक एकता बलियो नहुदाँ सम्म समस्या हल गर्न कठिन हुने उनको भनाई छ ।
जनताको विश्वास जित्न नसके सरकारले केही गर्न नसक्ने जनाउदै उनले हरेक क्षेत्रमा रुपमान्तरणको खाँचो रहेको बताए । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानको बन सम्वन्धि ऐन, नियम परिर्वतन नहुदाँसम्म बनमा निजी क्षेत्रले लगानी गर्न नसक्ने बताए । नेपाल उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्ष आनन्दराज मुल्मीले नेपालमा पाइने बहुमुल्य जडिबुटिको उपयोग हुन नसकेको गुनासो गरे ।
नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा संघका सदस्य दिपक लम्साल, पश्चिमाञ्चल उद्योग बाणिज्य संघका महासचिव रविन्द्रबहादुर प्रजु लगायतले बोलेका थिए । तीन दिन सम्म चल्ने तालीममा पश्चिमाञ्चलमा रहेका विभिन्न जिल्ला र नगर उद्योग बाणिज्य संघका २५ जनाको सहभागिता रहेको बताईन्छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution