पोखरा, २७ मंसीर –
लायन्स क्लव ३२५ बी वान का डिष्ट्रिक गभर्नर ध्रुव थापाले फरक फरक क्षेत्र छानेर कार्यक्रमहरु सञ्चालन गर्न क्लवहरुलाई आग्रह गर्नुभएको छ । लायन्स क्लव अफ पोखरा सप्तगण्डकीले पोखरा वृद्धाश्रममा आयोजना गरेको ज्येष्ठ नागरिकसँग भलाकुसारी तथा जलपान कार्यक्रममा बोल्ने क्रममा गर्भनर थापाले यस्तो बताउनुभएको हो । उहाँले शिक्षा, वातावरण, स्वास्थ्य तथा ज्येष्ठ नागरिकको क्षेत्रमा कार्यक्रम अगाडि बढाउन आग्रह गर्नुभयो ।
पोखरा वृद्धाश्रमका अध्यक्ष बसन्तकेशव पराजुलीले लायन्स क्लवहरुले विशेष खालका कार्यक्रमहरु सञ्चालन गर्न आग्रह गर्नुभयो । लायन्स क्लव अफ सप्तगण्डकीमा महिला सदस्यमात्र रहेका छन् । क्लवका सदस्यहरुले पोखरा वृद्धाश्रममा रहेका वृद्ध वृद्धाहरुलाई सेलरोटी, कपडा, फलफुल तथा विस्कुट वितरण गरेका थिए ।
कार्यक्रमका लागि लायन गोमा पराजुलीले स्पोन्सर गर्नुभएको थियो । वहाँले आफ्नी सासु आमाको स्मृतिमा वृद्ध वृद्धाहरुलाई सेवा गर्ने भावका साथ आफूले कार्यक्रम स्पोन्स गरेको जानकारी दिनुभयो । लायन अन्जु कर्माचार्यको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन श्रेष्ठले गर्नुभएको थियो ।
पोखरा वृद्धाश्रममा असहाय एवं वेवारिसे अवस्थाका वृद्धहरुले आश्रय लिइरहेका छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution