
पोखरा, २७ मंसीर –
पोखरामा नयाँ प्याराग्लाडिङ कम्पनीले आफ्नो व्यवसायीक कारोवार आईतबारदेखि सुरु गरेको छ।
युवा पर्यटन व्यवसायीहरुको करिब एक करोडको लगानीमा संचालनमा आएको फ्ल्याईङ बुद्ध प्याराग्लाडिङ प्रा.लि.को पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापा र नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष योगेश भट्टराईले संयुक्त रुपमा उद्घाटन गरेका थिए।
पोखराका युवा पर्यटन व्यवसायीहरु तारानाथ पहारी, चुडामणी दाहाल (राजु) र ईमनाथ देवकोटाको करिब एक करोड लगानीमा उक्त प्याराग्लाडिङ कम्पनी करिब दुई वर्षको अवधिमा संचालन अनुमति प्राप्त गरेको हो।
कम्पनिका हाल ६२ वटा प्याराग्लाडिङ रहेका छन् भने छ जना नेपाली पाईलटसंग सम्झौता गरिएको छ। नेपालका प्याराग्लाईडिङ पाईलटहरुमध्ये सवैभन्दा पाका ४७ वर्षका पाईलट दलबहादुर रानाभाट र दिपक पाठकले उद्घाटनका अवसरमा वोलेका थिए।
नेपालमा प्याराग्लाईडिङकोलागि पोखरा लगाएत तनहुँको बन्दिपुर, स्याङ्जाकाु सिरकोट, पाल्पाको वतासेडाँडा र धरानको भेडेटार प्रख्यात स्थानहरु हुन् भने हालसम्म नेपालमा ६२ वटा प्याराग्लाडिङ कम्पनि दर्ता भई सकेका छन्। नेपालमा काठमाडौंस्थित सिएनएनबाट लासेन्स प्राप्त १२० जना पाईलट रहेका छन्।
सो उद्घाटन समारोह कम्पनिका अध्यक्ष तारानाथ पहारीको अध्यक्षतामा भएको थियो भने कार्यक्रम संचालन नवराज अधिकारीले गरेका थिए।