साँग्रिला डेभलमेन्ट बैंकको एक दिने प्रशिक्षण कार्यक्रम

पोखरा, २८ मंसीर –
सेवाग्राहीलाई उत्कृष्ठ सेवा प्रदान गर्ने उद्धेश्यले साँग्रिला डेभलमेन्ट बैंक लिमिटेडले पोखरामा एक दिने प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । काठमाण्डौको बालुवाटारमा केन्द्रीय कार्यालय रहेको उक्त बैंकले आफ्ना कर्मचारीहरुलाई समय सापेक्ष बनाउन पनि उक्त तालिम आयोजना गरेको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सिए दिनेश थकालीले बताए ।

बैकका संचालक प्रा.डा.रवीन्द्र प्रसाद श्रेष्ठले उद्घाटन गर्दै तालिममा सिकेका कुरा व्यावहारमा लागु गर्न आग्रह गरे । स्रोत ब्यक्तिहरु नेपाल राष्ट्र बैंक मुद्रा ब्यवस्थापन विभागका कार्यकारी निर्देशक चिन्तामणी शिवाकोटी, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सिए दिनेश थकाली, प्रोत्सहानकर्ता तथा एकेडेमिसिएन विकल शेरचन, सोल्टी क्राउन प्लाजाका फुड एण्ड बेवरेज मेनेजर ईन्द्र खड्का तथा सिए प्रकृति राज तिमिल्सीनाले बिभिन्न बिधाहरुमा सहजीकरण गर्नुभएको थियो । प्रशिक्षण कार्यक्रममा विकास बैंकका बिभिन्न शाखा कार्यालयहरुबाट करिब ६० जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत थकालीले बताए ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button