तान्चोक नौजे पंगिलामा परिवारको बाइसौं साधारणसभा सम्पन्न

पोखरा, २८ मंसीर –

कास्की जिल्लाको प्रख्यात तान्चोककोट गाऊं स्थायी ठेगाना रही हाल मुलुकका बिभिन्न भागका साथै बिदेशमा समेत छरिएर रहेकाहरुको साझा संस्था “तान्चोक नौजे पंगिलामा परिवार”को बाइसौं साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभाले आगामी चार बर्षका लागी सुबेदार मेजर दम बहादुर गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयां कार्यसमिती समेत चयन गरेको छ । परिवारको बरिष्ठ उपाध्यक्षमा सुबेदार गणेश बहादुर तमु, उपाध्यक्षमा मेजर रामध्वज तमु, सचिबमा राज बहादुर तमु, कोषाध्यक्षमा क्याप्टेन रचे बहादुर तमु, सहसचिबमा क्याप्टेन धरमबल तमु, सहकोषध्यक्षमा तेजमान तमुलाई चयन गरेको छ ।

त्यसैगरि सदस्यहरुमा सुबेदार जगनध्वज तमु, जगन बहादुर तमु, हितमान तमु, पृथीलाल तमु, कमसर तमु, दौलत सिं तमु, देब बहादुर तमु, सुबदार रामभक्क्त तमु, सुबदार गम बहादुर तमु, सिता तमु, कन्या कुमारी तमु, शिक्षक भक्त बहादुर तमु,उमा तमु, र हिरा सिं तमु चयन भएका छन ।

सो अबसरमा प्रमुख अतिथी निर्बाचन समितीका संयोजक, पुर्ब अध्यक्ष तथा सल्लाहकार समितीका अध्यक्ष क्याप्टेन जय बहादुर तमुले नवनिर्बाचित अध्यक्ष तथा पदाधिकारीलाई सपथ गराउनुहुंदै संसारको जुनसुकै स्थानमा छरिएर रहेतापनि नेपालीहरुले आफनो भेष भुषा, रिती रिवाज छाड्न नहुने बताउंदै यसका लागी भाबी पुस्ता र बिगत,बर्तमानको पुस्ता बिच समन्वय हुनुपर्ने आवश्यकता औल्याउनुभयो ।

यस अघिको बन्द सत्रमा परिवारका कोषाध्यक्ष कप्तान रचे बहादुर तमुले आर्थिक प्रतिबेदन र सचिब राज बहादुर तमुले पेश गरेको सचिबको प्रतिबेदन सर्बसम्मत रुपमा पारित गरिएको थियो । सभाले आगामी दिनमा परिवारको लागी घडेरी खरिद, तान्चोककोट गाऊंको सामुदायिक बन क्षेत्रको बिकास, कान्छी बराह मन्दीरको पुजा,होम स्टे सन्चालन तमु ल्होछारलाई भब्यरुपमा मनाउन बिभिन्न समितीहरु गठन गरेको छ । परिवारको पोखरामा मात्र एक सय तीन घर परिवार रहेको छ भने बेलायत,हङकङ लगायतका मुलुकहरुमा समेत समिती बिस्तार रहेको छ ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button