फेवा विकास बैंकको विवाद चर्कदो

पोखरा, २८ मंसीर –
पोखराको फेवा विकास बैंकमा विवाद चर्कीदै जादा सोमबार नयाँ अध्यक्ष नियुक्ति भएको छ । बिजनेस युनिभर्सल डेभेलपमेन्ट बैंकसँगको मर्जर प्रकृया रोकिए पछि सोमबार बसेको बैकको बोर्ड बैठकले जगन गुरुङलाई वहुमतले पदच्युत गरी नयाँ अध्ययक्षमा रामभत्त रञ्जितलाई नियुक्ति गरेको संचालक समितिका सदस्य विन्दुकुमार थापाले बताए ।

उनले भने “राष्ट्र बैंकको नीति बमोजिम पूँजीवृद्धिका लागि हामीलाइ मर्जमा जानु विकल्प नहुँदा त्यसमा अध्यक्ष नपाउने भएपछि गुरुङ मर्जको विपक्षमा देखिए पछि, व्यत्तिको स्वार्थ भन्दा हामी संस्थाको हितमा जानखोज्दा गुरुङलाई हटाउने निर्णय गरेका हौं ।” हकप्रदबाट पूँजी पु¥याउन नसक्ने भएकोले मर्जमा जानुको अझै पनि विपकल्प नभएको उनले बताए । छिट्टै विशेष साधारण सभा राखेर नयाँ ढंगले असघि बढ्ने तयारी गरेको थापाले बताए । विजनेश युनिर्भसलसंग मर्जमा जान तयार भएको बताएका थापाले त्यसको लागि राष्ट्र बैंकले अभिभावकोे भुमिका खेल्न आग्रह गरे ।

बिजनेस युनिभर्सल डेभेलपमेन्ट बैंकसँग फेवा विकास बैंकले मर्जर गर्न नेपाल राष्ट्र बैंक समक्ष सयुक्त रुपमा निवेदन (एमओई) दिएको अबस्थामा मर्जर प्रकृयामा जानको लागि भएको छलफलको क्रममा जगन गुरुङले अध्यक्ष पद छाड्न नमाने पछि मर्जर प्रकृया रोकिन पुगेको थापाले जनाए । उनका अनुसार दुबै बैंक मर्जर पछि फेवा विकास बैंक नाम रहने गरी मर्ज हुने बैंकको अध्यक्षमा विजनेश युनिभर्षलका रहने र प्रमुख कार्यकारी अधिकृतमा फेवा विकास बैंककै सीइओ रेशम थापा रहने गरी सर्वसम्वत रुपमा सहमति भएको हो । तर अध्यक्ष पद जाने भएकोले जगन गुरुङले मर्जर प्रकृयामा जान अबरोध गरेको कारणले हाल बिजनेस युनिभर्सल डेभेलपमेन्ट मर्जन प्रकृया रोकिए पनि आफुहरुले कुनै पनि हालतमा आगामी २०७४ सालसम्म ४ गुणा शेयर पुजी पुराउने गरी कुनै पनि उपयुक्त बैंक तथा वित्तिय संस्थासंग मर्जर गर्ने मर्जर कमिटिका संयोजक समेत रहेका विन्दु कुमार थापाले बताए । अध्यक्षको हस्ताक्षर विनानै मर्ज प्रकृयामा सम्झौता गरेको भन्दै गुरुङले राष्ट्र बैंकमा निवेदन दिएका थिए । उनी अब न्यायको लागि अदालत जाने बताएका छन ।

बिजनेस युनिभर्सल डेभेलपमेन्ट बैंकका संचालक समितिका सदस्य एवं मर्जर संयोजक दिनेश शंकर पालिखेले फेवा विकास बैंकसंगको मर्जर हाललाई नहुने बताएका छन । उनले भने “फेवा विकास बैंकमा देखिएको विवादले यही मंसिर २१ गते नै नेपाल राष्ट्र बैंकबाट हामीले मर्जर प्रकृयाबाट हात झिकेका छौं । ” आउदो पुष ३ गते आफ्नो बैंकको साधारण सभा भएकोले तत्काल साधारण सभा केन्द्रीत भएकोले हाललाई मर्जर तर्फ ध्यान नदिएको पालिखेले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button