पोखरा, २८ मंसीर –
भदौरे युवा क्लबको आयोजनामा पर्यटकीय गाँउ भदौरेमा पुष १ गतेदेखि ६ गतेसम्म १८ औँ सँस्करणको भदौरे (पञ्चासे) महोत्सव हुने भएको छ । तमु ल्होसारको अवसरमा उक्त महोत्सव आयोजना गर्न लागिएको सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।
पञ्चासे क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य सहित यस बर्ष पनि विभिन्न कार्यक्रमको आयोजना गर्दै महोतसव आयोजना गर्न लागिएको क्लबका अध्यक्ष जिवन गुरुङले बत । उनले भने–“अहिलेको यो विसम परिस्थितिमा महोत्सवले पर्यटक भित्राउन सहयोग पुग्ने आशा लिएका छौँ ।” महोत्सवले सो क्षेत्रको आन्तरिक तथा वाह्य पर्यटक प्रवद्र्धन हुने उनले विश्वाश लिएका छन । मेला अवधीभर आन्तरिक तथा वाह्य पर्यटक गरि ५० हजार पर्यटक भित्राउने लक्ष्य लिएको उनले बताए ।
पर्यटकहरुलाई गाऊँ भित्राउन विभिन्न खेलकुद र साँस्कृतिक कुराहरुलाई क्लबले महोत्सवको आकर्षण बनाएका छन् । करिब २ सय घरधुरीमा रहेको होम स्टे र व्यवसायिक रुपमा चलेका होटलहरु पनि पर्यटक राख्न तम्तयार छन् । ‘मेलामा आउने पर्यटकहरु दोहोरयाएर यस क्षेत्रमा आउने गरेको हाम्रो अनुभव छ ।’ क्लबका पुर्व अधयक्ष आयनदल गुरुङले भने–‘यो पटक पनि पर्यटक आउनेमा हामी ढुक्क छौँ ।’
महोतसवमा पुरुष तथा महिला भलिबल प्रतियोगिता, एकल नृत्य प्रतियोगिता, लोकदोहोरी प्रतियोगिता, गुरुङ तथा नेपाली फिल्मका कलाकारहरुको प्रस्तुती, कन्सर्ट र कमेडी प्रहशन आकर्षणको रुपमा रहेको मेला सँयोजक सन्तोष गुरुङले बताए । मेला समापनका लागि ९ लाख ७० हजार रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ । मेलाबाट १२ लाख ९० हजार रुपैयाँ संकलन गर्ने क्लवले जनाएको छ ।
पञ्चासे क्षेत्रमा ५ सय ८९ किसिमका फूल, १ सय ५० औषधीजन्य जडिबुटी, ५६ प्रजातिका जङगली स्याउ, ९८ उन्यू र आठ प्रजातिका रेसादार वनस्पति पाइन्छन् । पञ्चासे क्षेत्रको जंगलमा बिभिन्न प्रजाति चराचुरुङगी र दुलभ कालो भालुसहितका वन्यजन्तु पाइन्छन् । उचाईबाट सुर्योदय र सुर्यास्त हेर्ने रहर पनि पञ्चासेले नै पूरा गरिदिन्छ । पञ्चासे क्षेत्रमा पर्ने भदौरे पुग्न पोखराबाट ३० देखि ३५ किलोमिटरको मोटरबाटोको दुरी छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution