जेएनके क्रिकेट लिगको च्याम्पियन माछापुच्छ्रे क्लव

  • पोखरा न्यूज
  • २०७२ मंसिर २८
Post Thumbnail

पोखरा, २८ मंसीर –
आयोजक माछापुच्छ्रे क्रिकेट क्लव पोखरामा सञ्चालित जेएनके क्रिकेट लिगको च्याम्पियन बनेको छ । साँग्रिला क्रिकेट क्लव बिरुद्धको निर्णायक खेलमा ७० रनको जित निकाल्दै आयोजक क्लव च्याम्पिन बन्न सफल भएको हो । नदिपुरस्थित क्रिकेट मैदानमा भएको १८ औं खेलमा टस जितेर व्याटिङ्ग गरेको माछापुच्छ्रेले पुरा ४० ओभरमा ६ विकेट गुमाउँदै २ सय ७४ रन बनाएको थियो । माछापुच्छ्रेको तर्फबाट दिपेश खत्रिले ७७, प्रकास विष्टले ५१ तथा करण केसीले ४१ रन जोडे । साँग्रिलाको बलिङ्गमा सुदिप पौडेल र विमल भुर्तेलले समान ३-३ विकेट लिए ।

जवाफि व्याटिङ्गमा उत्रिएको साँग्रिलाको पारि २ सय ४ रनमै समेटिएको थियो । उसका लागि शिव सुवेदीले सर्वाधिक ८४ रन बनाए । माछापुच्छ्रेको बलिङ्गमा सब्बिर सोफीले ३ तथा दिपेश खत्रिले ३ विकेट लिए । जितसंगै उसले लिगमा १ सय २० अंक बटुल्यो भने साँग्रिलाले ९६ अंक बनाएको थियो । च्याम्पियन माछापुच्छ्रेले नगद १ लाख सहितको च्याम्पियन ट्रफि प्राप्त गर्ने छ । लिगका केहि औपचारिक खेल भने बाँकिनै छन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस