पौष १६ गते कास्कीका गुरुङहरुले सामुहिक ल्होसार मनाउने

पोखरा, २९ मंसीर –

कास्कीका तमुहरुले यस वर्ष तमु जातिको महान पर्व तमु प्र ल्होसार २०७२ एकै थलोमा सामुहिक मनाउने भएका छन् ।

कास्की जिल्लामा अस्तित्वमा रहेका तमु संघसंस्थाहरुको सोमबार बसेको सयुक्त बैठकले पौष १६ गते सामुहिक ल्होसार मनाउने निर्णय गरेको हो । ल्होसार मनाउनका लागि यस वर्ष संयोजकत्व पाएको तमु ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद कास्कीको अगुवाईमा बसेको बैठकले पौष १६ गते १ दिन सामुहिक प्र ल्होसार मनाउने निर्णय गरेको हो । यस वर्षका ल्होसार मनाउनका लागि तमु ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद कास्कीका अध्यक्ष दल बहादुर तमुको संयोजकत्वमा विभिन्न उपसमिति समेत गठन गरिएको छ । बैठकले यस वर्षको सामुहिक ल्होसार कार्यक्रमलाई भव्य बनाउनका लागि तमु समुदायका प्रतिष्ठीत व्यक्तित्वहरुलाई सम्मान गर्ने भएको छ । सम्मानित हुनेमा तमुहरुको सामाजीक संस्था तमुृ ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद, तमु धीं नेपाल, तमु प्ये ल्हुं संघ, तमु बौद्ध अर्घौ सदन संस्थाहरुले सिफारिस गरेको चार जना र नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान अनिल गुरुङ, गायक अमृत गुरुङ, लोक गायीका शर्मिला गुरुङ रहेका छन । त्यसैगरी कार्यक्रमको अवसरमा पछि छनोट गरेर एक जना क्रियाशिल तमु संचारकर्मीलाई पनि सम्मान गरिने बताएको छ ।

उपराष्ट्रपति नन्द किशोर पुनले उद्घाटन गर्ने कार्यक्रमको नेपालको पहिलो न्युज च्यानल सगरमाथा टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्ने बताएको छ । कार्यक्रममा तमु सँस्कृतिमा आधारित संस्थागत नृत्य प्रतियोगीता, आदिवासी जनजाति विचको झाँकी प्रतियोगीता, तथा विभिन्न साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत हुने मुल आयोजक समितिले बताएको छ । गठित सम्मान कार्यक्रम व्यवस्थापन उपमितिका लागि तमु प्ये ल्हुं संघका कार्यवाहक अध्यक्ष हितकाजी तमुको संयोजकत्वमा गिरी प्रसाद तमु, केवि तमु, आश बहादुर तमु, भुपाल तमु सदस्य रहेको उपसमिति गठन गरिएको छ । भने सम्पुर्ण कार्यक्रम तयारी गर्नका लागि तमुृ ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद कास्कीका सचिव चेत बहादुर तमुको संयोजकत्वमा सम्पुर्ण संस्थाका सचिव पदेन सदस्य रहने गरि सचिवलय गठन भएको छ । त्यसैगरी तमु मुक्ति मोर्चा कास्कीका अध्यक्ष धर्म तमुको संयोजकत्वमा सम्पुर्ण संस्थाका कोषध्यक्ष पदेन सदस्य रहने गरि अर्थ संकलन उपसमिति, साँस्कृतिक कार्यक्रम व्यवस्थापन गुरुङ फिल्म एशोसियसन जिफान, मञ्च व्यवस्थापन तमु विद्यार्थी छोँज धीं कास्की र तमु विद्यार्थी समिति, स्वयमसेवक परिचालनमा सन्देश तमु, प्रचार प्रसारमा तमु संचारकर्मी संघ कास्की, झाँकी व्यवस्थापन संयोजक तमु धिं नेपाल सचिव गिरी प्रसाद तमुलाई जिम्मा दिइएको छ ।

बैठकमा तमुृ ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद कास्कीबाट दल बहादुर तमु, ङयोइ तमु धीं लेखनाथबाट सुवेदार नन्द बहादुर तमु, चेत बहादुर तमु, तमु धीं नेपालबाट गिरी प्रसाद तमु, हृुम तमु, तमु प्ये ल्हुं संघका हितकाजी तमु, पम बहादुर तमु, भिम बहादुर तमु, बौद्ध अघौँ सदनका मोति प्रसाद तमु, तमु प्राज्ञिक मञ्चका सुन्दर तमु, तमु साँस्कृतिक प्रतिष्ठानका झम तमु, गुरुङ फिल्म एशोसियशनबाट बेद बहादुर तमु, राजेश तमु, तमु संचारकर्मी तर्फ राज बहादुर तमु, मिना तमु, भुपाल तमु, तमु विद्यार्थी छोँज धीं कास्कीका धनु तमु, जोशन तमु, नरजङ तमु, तमु संघ जित बहादुर तमु, आश बहादुर तमु, तमु लोकतान्त्रीकबाट बेन बहादुर तमु, तमु मुक्ति मोर्चाबाट धर्म तमु, तमु मुक्ति मोर्चा क्रान्तीकारीका सन्देश तमु, तमुस्यो ह्युल छोँज धीं गुरुङ महिला छोँज धीं कास्की विष्णुमाया तमु लगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button