मेगा बैंकले ल्यायो ‘मेगा भिसा क्रेडिट कार्ड’ संचालनमा

  • पोखरा न्यूज
  • २०७२ मंसिर २९
Post Thumbnail

पोखरा, २९ मंसीर –

मेगा बैंक नेपाल लिमिटेडले ग्राहकको सुविधालाई ध्यानमा राखी मेगा भिसा क्रेडिट कार्ड संचालनमा ल्याएको छ ।

पुस १ गतेबाट लागू हुने गरी बैंकले मेगा भिसा क्रेडिट कार्ड संचालनमा ल्याएको हो । मेगा भिसा क्रेडिट कार्ड पनि स्वदेश तथा विदेशमा संचालन गर्न सकिनेछ । यसअघि नै बैंकले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा समेत संचालन हुने गरी मेगा भिसा डेबिट कार्ड ल्याइसकेको छ ।

यसैगरी, विदेश यात्रा गर्न चाहने ग्राहकलाई सजिलो हुने गरी बैंकले मेगा भिसा ट्राभल कार्ड पनि ल्याएको छ । मेगा भिसा ट्राभल कार्ड संसारभर प्रयोग गर्न सकिने मेगा बैंकले जनाएको छ ।

अन्तर्राष्ट्रिय ब्राण्डको भिसा कार्डमा आबद्ध भएपछि बैंकको कार्डको सञ्जाल अझ बढी विस्तार हुने मेगा बैंकको विश्वास छ । तर, मेगा भिसा कार्ड संचालनमा ल्याइए पनि ग्राहकको सुविधाका लागि एससीटी कार्ड यथावत संचालन गर्ने बैंकले जनाएको छ ।

मेगा बैंकले अहिले उपत्यकामा १४ वटा र उपत्यकाबाहिर १८ वटा गरी ३२ वटा आफ्नै मेगा मनी मेशिन (एटीएम) सञ्चालन गरिरहेको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस