सडक महोत्सवको अवसरमा विग्रेका सीसी क्यामरा सहित सोलार लाइटको मर्मत हुने

  • पोखरा न्यूज
  • २०७२ मंसिर २९
Post Thumbnail

पोखरा, २९ मंसीर – 
विश्वको उत्कृष्ट गन्तव्य अन्नपुर्ण पदमार्ग, माथिल्लो मुस्ताङ लगायतको क्षेत्रमा जान आउने हजारौं पर्यटकहरुको पहिलो प्रस्थान विन्दु पोखरा भए पनि पोखरामा अझै पनि सोलार लाईट तथा सीसी क्यामरा राम्रोसंग प्रयोग भएको छैन । भएका सोलारलाइट तथा सीसी क्यामराको मर्मत नभएको एक बर्ष जस्तो भयो, तर यस पाली भने सोलार लाईट तथा सीसी क्यामरा मर्मतको लागि सडक महोत्सव नै कुर्न पर्यो । सडक महोत्सवको अवसरमा भने यस क्षेत्रमा विग्रेका सीसी क्यामरा सहित सोलार लाइटको मर्मत हुने भएको रेवान पोखराका अध्यक्ष गोपि बहादुर भट्टराईले बताए । पोखरामा यहि पौष १३ गते देखि १७ गते सम्म १७ औ सस्करणको सडक महोत्सव हुदै छ ।

साथै एक बर्ष देखि यहाँका सीसी क्यामराले प्रभावकारी ढंगले काम नगर्दा सुरक्षामा कठिनाई भएको छ । पर्यटकीय क्षेत्रमा सीसी क्यामरा प्रभावकारी नहुदा यहाँको सुरक्षामा कठिनाई भएको पर्यटन व्यावसायी र सुरक्षाकर्मीले गुनासो गरेका छन ।

वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरिक्षक विरेन्द्र गोदारले आफु सरुवा भई बैदाम आएको ९ महिना देखि लेकसाइडमा रहेका कुनै पनि सीसी क्यामराले काम नगरेको बताए । उनले भने “हामीसंग उक्त सीसी क्यामरा मर्मत गर्ने कुनै श्रोत छैन, पर्यटन व्यावसायीहरुले समयमै सीसी क्यामरा मर्मत गरेका छैनन, यहाँको सुरक्षामा सीसी क्यामरा विना यति वेला निकै कठिन भएको छ । ” लेकसाईडमा केहि हप्ता अघि भारतीय नम्बर प्लेटको गाडीमा आगजनी हुदा सीसी क्यामरा नभएको हुदा उक्त घटनाको बारेमा दाबीका साथ कसले घटायो भनेर भन्न नसक्ने अबस्था आएको प्रहरी निरिक्षक गोदारले बताए । त्यसै गरी गत आईतबार लेकसाईडका दुई ठाँउमा पार्किङमा राखिएका गाडी माथि तोडफोड भएको घटना समेत सीसी क्यामरा विना आफुहरुले पत्ता लगाउन कठिन भएको उनले बताए । होटल रुद्राक्षमा पार्किङ गरेर राखिएको पाहुनाको निजी कार माथि आईतबार राति तोडफोड भएको छ भने सोहि दिनमा पोखरा पर्यटन परिषदका अध्यक्ष सोम थापाको हाईस गाडी माथि समेत तोडफोड भएको छ । रुद्राक्षको होटल क्षेत्रमा पार्किङमा राखेको निजी सुजुकी कारमा झ्यालको सिसा फुट्ने गरी तोडफोड भएको होटलका म्यानेजर रामजी भण्डारीले बताए ।

त्यसै गरी सोम थापाको हाइस गाडी भित्रि सडक छेउमा रहेको ग्यारेजमा राखेको अबस्थामा गाडीको पछाडीको सिसा फुटाएको थापाले बताए । यस घटनाको बारेमा पनि प्रहरी निरिक्षक गोदारले सीसी क्यामरा विना आफुहरुले गाडी माथि तोडफोड गर्ने व्यक्ति पहिचान गर्न नसकेको बताए । उनले भने “सडक तथा सडक छेउछाउमा कसैले अव्यवस्थीत रातिको समयमा पार्किङ गर्छन भने हामीले उनीहरुको जिम्मा लिन सक्दैनौं ।”

लेकसाईडको सडकमा १ सय २ र न्युरोडको सडकमा ८९ वटा पोलहरु १५-१५ मिटरको दुरीमा सौय वत्ति जडान भए पनि केहि सौय वत्तीहरु प्रभावकारी ढंगले काम गर्न नसक्दा सडकमा असुरक्षा भएको स्थानीयले गुनासो गर्न थालेका छन । पोखरा उप–महानगरपालीका कार्यालय, लेकसाईड निजि क्षेत्र (पोखरा पर्यटन परिषद), न्युरोड निजि क्षेत्र (नयाँ सडक सुधार समिति), बैकल्पीक उर्जा प्रबद्र्धन केन्द्रको संयुक्त लगानीमा लेकसाईड र न्युरोडको सडकमा सोलार वत्ती जडान भएको थियो । लेकसाईड क्षेत्रमा सौयवत्तीको साथमा आवश्यकता अनुसार सौयवत्तीको पोलमा गरी १२ वटा सीसी क्यामरा जडान गरीएकोे थियो । परिषदका सदस्य एवं लेकसाईड निजि क्षेत्र परिचालन समितिका संयोजक समेत रहेका भट्टराईले विग्रेका सीसी क्यामरा नयाँ राख्ने तयारी भएको बताए । सडक महोत्सव अघि नै सीसी क्यामरा जडान गर्ने उनले दाबी गरे । सीसी क्यामरा जडान पछि पर्यटकीय क्षेत्रमा पर्यटकहरुलाई ढुक्कका साथ हिढडुल गर्न सहज हुने उनले बताए । पोखरामा पर्यटन व्यवसाय प्रवद्र्धनसँगै यस क्षेत्रको शान्ति सुरक्षा कायम राख्न पनि आफुहरुको उक्त अभियानमा लागेको संयोजक भट्टराईले बताए ।

पश्चिमाञ्चल होटल संघका अध्यक्ष भरतराज पराजुलीले पर्यटकीय स्थल लेकसाईडमा अत्याधुनिक सीसी क्यामरा जडान गर्नूपर्नेमा जोड दिदै पर्यटन सम्वद विभिन्न संघ संस्थाहरुसंग समन्व गरी जति सक्दो छिटो उक्त सीसी क्यामरा मर्मत तथा नयाँ सीसी क्यामरा राख्ने बताए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस