मेट्रो डेभलपमेन्ट बैंकको रक्तदान कार्यक्रममा २९ युनिट रक्त संकलन

  • पोखरा न्यूज
  • २०७२ पौष १
मेट्रो डेभलपमेन्ट बैंकको रक्तदान कार्यक्रममा २९ युनिट रक्त संकलन

पोखरा, १ पुष –
पोखराको न्यूरोडमा प्रधान कार्यालय रहेको मेट्रो डेभलपमेन्ट बैंकले आफ्नो बाषिकात्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंक स्थापनाको छैठौं वर्ष पूरा गरी सातौं वर्षमा प्रवेश गरेको अवसरमा बैंकले बुधबार पोखरामा आयोजना गरेको रक्तदान कार्यक्रमबाट २९ युनिट रक्त संकलन भएको छ ।

बैंकका अध्यक्ष नारायण बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुर्यप्रसाद तिवारीले लगायतले बैंकको बारेमा तथा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

बैंकको सामाजिक उत्तरदायित्व अन्र्तगत हरेक बर्ष रक्तदान कार्यक्रम गरिदै आएको सिइओ तिवारीले बताए । सर्वसाधारणसँग रहेको वचत संकलन गरी देशमा उद्योग व्यापार, पेशा, व्यवसाय लगाएतका कार्यहरु गर्न चाहने व्यक्ती तथा संस्थाहरुका लागि रकम उपलब्ध गराई सेवा गर्ने उद्देश्यले स्थापना भई कारोवार शुरु गरेको यो बैंकले २०७२ साल आश्विन मसान्तसम्म रु. २ अर्व १७ करोड निक्षेप संकलन गरी रु.१ अर्व ७९ करोड कर्जा तथा सापट प्रदान गरेको जनाइएको छ ।

आर्कषक व्याजदरका साथ सरल र पारिवारिक वातावरणमा निक्षेप संकलन र सर्वसुलव व्याजदरमा कर्जा प्रबाह गरिरहेको बैकले प्रधान कार्यालय सहित ७ वटा शाखाबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ । निकट भबिस्यमा यो बैकले कैलाश बिकास बैक सगं मर्जरमा जाने सहमती गरीसकेको बैंकका अध्यक्ष नारायण बरालले बताए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस