फुलवारी आमा समुहद्वारा नवनिर्मीत खानेपानी ट्याङ्कीको उद्घाटन

  • पोखरा न्यूज
  • २०७२ पौष १
फुलवारी आमा समुहद्वारा नवनिर्मीत खानेपानी ट्याङ्कीको उद्घाटन

पोखरा, १ पुस –

फुलवारी आमा समुह पोखरा १५को पहिलो वार्षीकोत्सवका अवसरमा नवनिर्मीत खानेपानी ट्याङ्कीको उद्घाटन गरीएको छ ।

स्व पिता नरवहादुर बानीयाको स्मृतिमा छोरा समाजसेवी तथा युवा उद्यमी तोरण वहादुर वानीया र बुहारी लक्ष्मी बानीया तथा घर परीवारका तर्फवाट खानेपानी निर्माण गरेका हुन् भने ओशो खानेपानीले बोरीङको शुद्ध खानेपनी निशुल्क रुपमा प्रदान गरेको हो ।

उक्त खानेपानी ट्याङ्कीको उद्घाटन गर्दै समाजसेवी तोरण वहादुर वानियाले पिताजीको स्मृतिमा केही सेवा गर्ने रहर पुरा गरेको भन्दै आगामी दिनमा समेत समाज सेवामा निरन्तरता दिने वताए । उनले धन सवैथोक नभई जिवनयापन गर्ने साधन भएका कारण कमाएको धनको केही अंश सेवामा समर्पण गर्नु मान्छेको धर्म भएको वताए ।

त्यस्तै नेपाल पत्रकार महासंघका केन्द्रीस्य सदस्य सुष्मा पौडेलले जो मानिस बाचिन्जेल अरुलाई सेवा र उपकार गर्छ त्यही मानीस नै सवैभन्दा सुखी र धनी हुनेमा जोड दिदै अरुलाई सेवा नगर्ने तर घरघरेडी मात्र जोड्ने मानीस हेर्दा धनी भएपनी गरीव हुने वताइन् । त्यस्तै वडाका पुर्व वडाअध्यक्ष द्धय शिव वहादुर वानिया र मिन वहादुर गिरीले सेवा जस्तो ठुलो अरु धर्म नभएको कारण आफुले सक्दो सेवा गर्नुपर्नेमा जोड दिए ।

त्यस्तैगरि वडा समन्वय समितिका अध्यक्ष प्रकाश पौडेल, महिला समन्वय समितिका वडा अध्यक्ष पार्वति कार्की र महिला न्यायिक मंचका अध्यक्ष मिना भण्डारीले आमा समुहले छोटो समयमा समेत उल्लेख्य कार्य गरेको भन्दै प्रशंसा गरे । त्यस्तै व्रह्मकुमारी इशवरीय विश्व विद्यालयका व्रह्मक’मारी रचनाले दानीलाई कहील्यै हानी नहुने भएकाले दान गर्न कहिल्यै पछि हट्न नहुनेमा जोड दिइन् ।

अध्यक्ष विष्णु गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सावित्रि वलीले स्वागत मंतव्य व्यक्त गरेकि थिइन भने कार्यक्रमको सञ्चालन सचिव इन्दिरा गिरीले गरेकि थिइन् ।

कार्यक्रममा खानेपानी निर्माण गरेर सहायोग गर्ने समाजसेवि तोरण वहादुर वान्ीया र पानी सहयोग गर्ने ओशो खानेपानीका सञ्चालक विशाल गुरुङलाई सम्मानपत्र, दोसल्ला तथा मालाद्धारा सम्मान गरीएको थियो भने समाज विकासमा योगदान पुरयाउने समाजिक अभियन्ता सुष्मा पौडेललाई दोसल्ला माला र खादाद्धारा सम्मान गरीएको थियो । साथै समाजसेवि लक्ष्मी वानिया, प्रकाश पौडेल र पार्वती कार्की लगायतलाई माला र खादाद्धारा सम्मान गरीएको थियो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस