जिल्ला गुणस्तर सुनिश्चितता समिति गठन

पोखरा, २ पुस –

कास्कीका सरकारी र निजी स्वास्थ्य संस्थाहरूको अनुगमन, सुपरीवेक्षण, कार्य सम्पदाको लेखाजोखासमेत गर्ने गरी जिल्ला गुणस्तर सुनिश्चितता समिति गठन भएको छ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

स्वास्थ्य सेवा विभागअन्तर्गत जिल्लास्तरमा गठित समितिको संयोजकमा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख छन्। हाल सागरराज घिमिरे जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख हुन्।

समितिका प्रमुख पदेन सदस्यहरूमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट, जिल्ला नर्सिङ प्रमुख, प्रयोगशाला प्रमुख र तथ्याड्ढ अधिकृत रहने व्यवस्था छ।

यस्तै, समितिमा तीन सदस्य मनोनित हुन्छन्। तीमध्ये जिल्लामा सञ्चालित निजी अस्पताल तथा नर्सिङ होमका प्रनिनिधिबाट डा. नारायण गौतम र उपभोक्ताका प्रतिनिधिको रुपमा उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइराला सदस्यमा मनोनित भएका छन्। अन्तर्राष्ट्रिय दातृ संस्थाका एक प्रतिनिधि मनोनयन हुन बाँकी छ।

समितिको सदस्य सचिवमा जनस्वास्थ्य अधिकृत रहने व्यवस्थाअनुरुप सगुन पौडेल सदस्य सचिव तोकिएका छन्। स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाबाट जारी भएको कार्यान्वयन निर्देशिका बमोजिम गठन भएको समितिले जिल्लाभर प्रवाह हुने स्वास्थ्य सेवाका गतिविधिलाई प्रभावकारी ढंगबाट सञ्चालनमा सहयोग पु¥याउनेछ। समितिले नियमित अनुगमन, सुपरीवेक्षण र मूल्याड्ढन, कार्ययोजना तथा बजेट कार्यान्वयन गर्ने कार्यादेश पाएको छ।

यस्तै, केन्द्रमा प्रतिवेदन पठाउने, स्वास्थ्य संस्थाको कार्य सम्पादनको लेखाजोखा गर्ने, जिल्लामा सर्भेक्षण अध्ययन प्रतिवदेन तयार गर्न लगाउने र जिल्लामा सिर्जित स्वास्थ्य समस्याको समाधान गर्ने निर्देशिकामा उल्लेख छ।

स्वास्थ्य सेवाका सरोकार वाला सबै पक्षका बीचमा छलफल गरी कार्यान्वयन गरिने यस्तो समितिको क्रियाशीलताले स्वास्थ्य सेवा प्रवाहमा सुधार हुने र उपभोक्तालाई गुणस्तरीय सेवा प्रदान गर्न सहयोग पुग्ने उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइरालाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button