पोखरा सडक महोत्सवमा थारु स्टीक डान्स सहितको जम्वो टोली आउने

दिननाथ
पोखरा ३, पुष –
रेवान सौराहका अध्यक्ष राजन भट्टले पोखरा सडक महोत्सवलाई आफुहरुकै महोत्सवको रुपमा लिएको बताएका छन । उनले भने “ पोखरामा हुने सडक महोत्सवलाई हामीले आफ्नो क्षेत्रबाट विगत २०६५ सालदेखि प्रत्यक्ष सघाउदै आएका छौं, यहाँ आयोजना हुने सौराह फुड फेष्टीवलमा पनि हामीले रेवान पोखराबाट धेरै ठुलो साथ र सहयोग पाएका छौं । ”

अगेेंजी नयाँ बर्षको अवसरमा एकै समयमा पोखरा र सौराहमा आयोजना हुने महोत्सवलाई रेवान सौराह र रेवान पोखराले समन्वय गरी दुई छुट्टा छुट्टै समय सडक महोत्सव नयाँ अगेेंजी बर्ष र सौराह फुड फेष्टीवल प्रेम दिवस( भ्यालेन्टाईनडे) मा मनाउन लागेको अध्यक्ष भट्टले बताए । यस बर्ष पनि पोखरामा आयोजना हुने सडक महोत्सवलाई सफल पार्न सौराहबाट एक जम्वो टोली जाने भएको उनले बताए । सडक महोत्सवलाई सफल पार्न आफुहरु एक अर्को ठाँउमा गएर मात्र नभई एक अर्को ठाँउमा जादा आतिथ्यता र प्रचार अभियानलाई सफल पार्न पत्रकार सम्मेलन गर्न समेत समन्वय हुदै आएको अध्यक्ष भट्टले बताए ।

tharu stick dance

उनले भने थारु स्टीक डान्स सहित हाम्रो रेवानको एक टोली पोखराको सडक महोत्सवमा आउदै छौं, त्यसै गरी हाम्रो यस बर्ष आयोजना हुने सौराह फुड फेष्टीवल माघ २८ गते देखि फागुन ३ गतेसम्म आयोजना हुने भएकोले यस महोत्सवमा सम्पुर्ण पोखरेलीहरुलाई यसै मिडिया मार्फत हार्दिक निमन्त्रणा गर्दछौं । ” पोखरा र सौराहमा एकै समयमा दुई वटा महोत्सव आयोजना गर्दा दुवै तर्फ पर्यटक बाडिनु परेकोले पनि आफुहरुले फरक समयमा महोत्सव आयोजना गर्दै आएको उनले बताए । उनले भने “रेवान संस्था रहुन्जेल हामी दुई रेवानको दाजु भाईको सम्वन्ध प्रगाढ रुपमा रहने छ, अब हाम्रो सम्वन्धलाई कसैले तोड्न पनि सक्दैन हामी विना एक अर्को महोत्सव सफल पार्न पनि कठिन छ । ”

सौराहमा ४२ वटा रेष्टुरेण्टहरुरहेका छन भने यहाँ स्थानीय थारु गुमिचिचर देखि विदेशी खाना पिज्जा सम्मका खानाका परिकार उपलब्ध छन । यस क्षेत्रमा करीब एकसय भन्दा बढी होटलहरु रहेका छन भने ५ हजार बढी पर्यटकलाई एकै रातमा राख्न सकिने रेवान सौराह र होटल संघ सौराह सदस्य धुर्व गिरीले बताए । सपना भिलेज लजका संचालक समेत रहेक गिरीले पोखरा र सौराहमा हुने महोत्सवले आन्तरीक पर्यटन प्रवद्र्धनमा धेरै टेवा पुगेको दाबी गरे ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button