भैरहवा, लुम्वीनि, वुटवल, सौराहा लगायको क्षेत्रबाट पोखरा सडक महोत्सवमा पर्यटक सहभागि हुने

चितवन (सौराह) ३ पौष-
विषम परिस्थितीका वावजुत पनि १७ औं सडक महोत्सव आयोजना गर्न लागेका पोखरेलीहरुले आन्तरीक तथा बाह्य  पर्यटकहरुलाई पोखरामा भित्राउन नेपालका विभिन्न शहरहरुमा पुगेर निम्तो बाडेका छन । “सकडकमै खाँउ, सडकमै नाचौं, सडकमै रमाऔं ” भन्ने मुल नाराका साथ अगेेंजी नयाँ बर्षको अवसरमा यही पुष १३ गतेबाट पोखरामा संचालन हुने उक्त महोत्सवको निम्तो बाड्दै देशका विभिन्न शहरहरुमा पुगेर टोली आज शुक्रबार  पोखरा फर्किदै गरेको रेवान पोखराका पुर्व अध्यक्ष एवं महोत्सव प्रमोशनल टुरका संयोजक सुर्य बहादुर भुजेलले बताउनुभयो  ।

उहाले भन्नुभयो  “ यो देशको विसम परिस्थितीमा पनि हामीले पोखरा क्षेत्रको समग्र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले महोत्सवलाई सफल पार्नको लागि वुटवल, भैरहवा, लुम्बिनी, सौराह लगायतका शहरहरुमा महोत्सवको प्रवद्र्धन गर्ने गरी पर्चा, पम्प्लेट पत्रकार सम्मेलन सहित उद्योग बाणिज्य संघ तथा रेवानसंग समन्वय गरी महोत्सवको प्रचार सहित निम्तो बाड्दै पोखरा फर्किदै छौं । ” भुजेलको नेतृत्वमा पुष १ गते पोखराबाट महोत्सवको प्रचार अभियानमा निस्केको १८ सदस्य टोली शुक्रबार दुई रात तीन दिनको प्रमोशनल टुर सकि पोखरा फर्किदै गरेको हो । रेवान पोखराका अध्यक्ष गोपी बहादुर भट्टराई सहित ५ जना पत्रकार एवं अन्य विभिन्न पर्यटन सम्वद्ध संघ संस्थाका पदाधिकारी एवं रेवानका पदाधिकारीहरु टोलीमा सहभागि भएका हुन ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

भ्रमणपछि आफुहरुमा मा थप उत्साह थपिएको छ भन्दै रेवान पोखराका अध्यक्ष गोपीबहादुर भट्टराईले वर्तमान विषम परिस्थितीमा पनि महोत्सव आयोजना गर्न लागेको भन्दै यसको  सफलताका लागि सबैले शुभेच्क्षा सहित महोत्सव सफल पार्न सहयोग गर्ने प्रतिवद्धजा जाहेर गरेकाले  यसबाट  हामीलाई थप उर्जा मिलेको छ भन्नुभयो  । देशको विषम परिस्थितीमा आयोजना हुने महोत्सवमा आन्तरीक पर्यटनलाई लक्षित गरी खानामा १५ प्रतिशतसम्म छुट दिने भएको समेत भट्टराईले बताउनुभयो  । त्यसै होटलमा ३० प्रतिशतसम्म छुट दिईने भएको छ । पश्चिमाञ्चल होटल संघका अध्यक्ष भरतराज पराजुलीले होटलमा ३० प्रतिशतसम्म छुट दिने बताउनुभएको  हो   ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button