शनिबार पोखरामा १ लाख ३९ हजार लिटर डिजल डिजल वितरण हुने

  • पोखरा न्यूज
  • २०७२ पौष ३
Post Thumbnail

पोखरा , ३ पौष –

पोखरा सहित कास्कीमा भोलि डिजल वितरण हुने भएको छ  । कास्की क्षेत्रका ३३ ओटा पम्पहरुबाट  १ लाख ३९ हजार लिटर डिजल र ३ हजार लिटर पेट्रोल वितरण हुने भएको छ । भोलि बिहान ८ बजे देखि उपरोक्त पेट्रोल पम्पहरुबाट  डिजल वितरण गरिने जिल्ला  प्रसासन कास्कीले  जनाएको छ ।

1०तोकिएको पेट्रोलपम्प हरुमा लामा दुरीका वसलाई ६ हजार, लामा दुरीका ठुलो ट्रकलाई ६ हजार, ग्रामिण रुटमा चल्ने बसलाई ४ हजार, मिनि वसलाई ३ हजार ५ सय, हायस माईक्रोलाई ३ हजार ५ सय, नगरबस-वेगनास बसलाई ३ हजार, मिनि, मझौला र लोकल ट्रकहरुलाई ३ हजार, अन्य निजी डिजेल कार, जिपहरुलाई २ हजार ५ सय, ठूलो ट्याक्टरहरुलाई २ हजार, साना ट्याक्टरहरुलाई ५ सय, पर्यटन ठूला बसहरुलाई ६ हजार, पर्यटन साना सवारीहरुलाइपर्् २ हजार ५ सय, खुद्रा माल ढुवानी गाडीहरुलाई २ हजारका दरले डिजेल उपलब्ध गराईनेछ ।

diesel4

diese04

२. मिति २०७२।९।४ गते वितरण हुने १३९ के.एल.डिजेल र ३ के.एल. पेट्रोल मिति २०७२।९।३ गते साझसम्ममा नेपाल आयल निगम, इन्धन डिपो, गगनगौडाले सम्बन्धीत पम्पहरुमा उपलब्ध गराउने ।
४. वितरण मिति २०७२।९।४ गते विहान ८ बजे देखि शुरु हुने ।
५. सवारी धनीले व्लूबुक अनिवार्यरुपमा लिई आउनु पर्नेछ ।

६. कास्की जिल्लाको पेट्रोलियम पदार्थको वितरण सम्वन्धी कार्यको अनुगमन तथा निरीक्षण गर्ने प्रयोजनको लागि देहाय बमोजिमको समिति गठन गरी वितरण प्रकृयालाई थप प्रभावकारी बनाउने निर्णय गरियो ।

(क) लेखनाथ पारीको क्षेत्रमा ः
१. राजन नेपाल, नेपाल आयल निगम – संयोजक
२. प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, कास्की – सदस्य
३. प्रतिनिधि, घरेलु तथा साना उद्योग कार्यालय, पोखरा – सदस्य
४. प्रतिनिधि, उपभोक्ता मञ्च – सदस्य
५. प्रतिनिधि, लेखनाथ उद्योग बाणिज्य संघ – सदस्य
(ख) पोखरा क्षेत्रमा ः
१. प्रशुराम अधिकारी, नेपाल आयल निगम – संयोजक
२. प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, कास्की – सदस्य
३. प्रतिनिधि, घरेलु तथा साना उद्योग कार्यालय, पोखरा – सदस्यज ,
४. प्रतिनिधि, उपभोक्ता मञ्च – सदस्य
५. प्रतिनिधि, पोखरा उद्योग बाणिज्य संघ – सदस्य

उपरोक्त बमोजिमको अनुगमन तथा निरीक्षण समितिले पम्पहरुको शुरु तथा अन्तिम मास्टर मिटर रिड गरी पारित नीति बमोजिम वितरण भए, नभएको अनुगमन गरी वितरणको प्रभावकारिता सुनिश्चित गर्नेछ ।

 



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस