चलचित्र ‘प्रेम गीत’ को कभर गीत गाएर एक लाख जित्न पाईने

पोखरा, ३ पुस –
आसुसेन फिल्म्स प्रोडक्सनको व्यानरमा निर्माणाधिन नेपाली कथानक चलचित्र ‘प्रेम गीत’ को कभर गीत ‘म यस्तो गित गाउँछु’ लाई गाएर एक लाख जित्न पाईने भएको छ ।

करिब एक करोडको लगानी रहेको तथा मुस्ताङ र पोखरामा छायाङ्कन गरिएको सो चलचित्रको प्रचारप्रसारलाई नयाँ तरिकाबाट गर्नको लागि फिल्मको टाइटल गीतलाई नै गाउन लगाएर विजेता घोषणा गर्ने नेपाली सिने जगतमा प्रेम गीत भएको छ ।

सो प्रतियोगिताको प्रचार प्रसारको लागि पोखराका विद्यालय तथा कलेजहरु गई विद्यार्थीहरुलाई जानकारी गराउनको लागि उक्त चलचित्रका व्यवस्थापक मिलन सेन, पब्लिसिटि व्यवस्थापक किरण आचार्य लगाएतको टोली पोखरा आएको छ ।

उक्त प्रतियोगितामा गायनमा ईच्छुक, विभिन्न प्रतियोगितामा भाग लिएका, विजेता जो सुकैले भाग लिन सक्ने छन् । भाग लिनको लागि सहभागीले प्रेम गीत चलचित्रको कभर गीत ‘म यस्तो गीत गाउँछु’ गाएर त्यसको भिडियो युट्युबमा अपलोग गर्नु पर्ने र त्यहीबाट सो गितको यू ट्युबमा प्राप्त सेयर, लाईक तथा भ्युजको आधारमा उत्कृष्ठ दश जनालाई छनौट गरिने चलचित्रका पब्लिसिटी मेनेजर किरण आचार्यले विहिबार भएको पत्रकार भेटघाटमा वताए ।

साथै उत्कृष्ठ दश जनालाई प्रत्यक्ष प्रतियोगितामा भाग लिन लगाईने र प्रतिस्पर्धाको निर्णय चलचित्र संगीतकार अर्जुन पोखरेल, गायक सुगम पोखरेल र गायिका अञ्जु पन्त रहेको निर्णायक मण्डलले गर्ने छ । सो प्रतिस्पर्धामा विजेताले एक लाख नगद प्राप्त साथै अर्जुन पोखरेलको संगीतमा आगामी चलचित्रमा गाउने अवसर दिईने भने टप टेनमा पर्ने सबैले स्मार्ट फोन, एईसीसी ग्लोबल कन्सल्टेन्सीमा बेदेशिक शिक्षाका लागि विशेष छुटको व्यवस्था गरिएको आसुसेन फिल्म प्रोडक्सन प्रा.लि.का व्यवस्थापक तथा निमार्ता मिलन सेनले वताए ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button