बगरमा नेष्डो नेपालद्धारा पाँच दिने सेवा प्रवेश पुर्व सैद्धान्तिक तालिम शुभारम्भ

पोखरा, ३ पौष –

नेष्डो सुचना विभाग -राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपालको आयोजनामा लघु वित्त सेवालाई थप नयाँ क्षेत्रमा विस्तार गर्नका लागि छनौट भएका ५६ जना कर्मचारीहरुको क्षमता विकास गर्ने उदेश्यले आयोजित पाँच दिने सेवा प्रवेश पुर्व सैद्धान्तिक तालिम नगर प्रशिक्षण केन्द्र बगर पोखरामा शुक्रबारबाट शुभारम्भ भएको छ ।

गरीव

तालिम शुभारम्भ समारोहमा वोल्दै लघुवित्त संघ मिफान नेपालका राष्ट्रिय उपाध्यक्ष एवंम संस्थाका कार्यकारी प्रमुख विश्वप्रकाश प्रसाईले तालिमको प्रभावकारीता तालिम पश्चात कार्यक्षेत्रमा सम्पादन गरिने कार्यको गुणस्तरीयता र उपलब्धीमा निर्भर हुने बताउनुभयो । उहाँले गरीब तथा विपन्न महिलाहरुको सेवामा निरन्तर रुपमा लागि पर्नको लागि लघुवित्त संस्थामा कार्यरत कर्मचारीहरु आफ्नो व्यक्तिगत चाहनालाई परित्याग गर्दै समाजप्रति जवाफदेही र समर्पित हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा संस्थाका प्रशासन तथा वित्त प्रमुख सावित्री खत्री क्षेत्रीले लघु वित्त सेवालाई गुणस्तर र प्रभावकारी बनाउनको लागि कर्मचारी स्वयंममा नेतृत्व विकास हुनुपर्ने भन्दै तालिममा सिकेको विषयहरुलाई व्यवहारमा उतार्नु पर्ने वताउनु भयो । यसैगरी लघुवित्त सेवा प्रमुख विश्ववन्धु प्रसाईले लघु वित्त क्षेत्रमा वढदो प्रतिस्पर्धालाई सामान गर्न क्षमतावान कर्मचारीको आवश्यक पर्ने हँुदा तालिमवाट सिकेको कुरालाई व्यवहारमा उतार्न सहभागीलाई आग्रह गर्नुभयो । कार्यक्रममा आलेपा प्रमुख वद्री प्रसाद मिश्र, सुचना व्यवस्थापन प्रमुख युधिष्ठिर भुषाल, चार्टर एकाउन्टेन सागर आचर्य,बरिष्ठ अधिकृत नारायण प्रसाई,पोखरा शाखाका प्रवन्धक कृष्ण प्रसाद चापाँगाई,बिरौटा शाखाका प्रवन्धक राधा कुमारी शर्मा लगायतले तालिममा सिकेका विषयवस्तु र यसका व्यवहारिक कार्यान्वनका विविध पक्षहरुको बारे चर्चा गर्नुभएको थियो ।

कार्यक्रम संस्थाका सामुदायिक विकास एवंम मानव शंसाधन प्रमुख लक्ष्मी कुमारी मेघासीको अध्यक्षता, मानव विकास अधिकृत ईश्वरी प्रसाद शर्माको स्वागत,प्रशासकिय अधिकृत इन्द्र खत्री क्षेत्रीको संस्थागत प्रतिज्ञा एवम् सामुदायिक रेडियो सम्वृद्ध नेपालका स्टेशन प्रमुख ओम्ना क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

पौष ७ गते सम्म संञ्चालन हुने तालिमको संस्थाका कार्यकारी प्रमुख विश्व प्रकाश प्रसाई,लघुवित्त सेवा प्रमुख विश्ववन्धु प्रसाई, मानव शंधासन प्रमुख लक्ष्मी कुमारी मेधासी अधिकृत इश्वरी प्रसाद शर्मा लगायतले सहजीकरण गर्नुहुने छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button