ओम फाईनान्सको १५औं बार्षिक साधारणसभा सम्पन्न

पोखरा, ०४ पौष – 
ओम फाईनान्स लिमिटेडले शेयरधनिहरुलाई २८.४८५५ प्रतिशत लाभांश बितरण गर्ने भएको छ ।

फाईनान्सको पौष ४ गते शनिबार सञ्चालक समितिका अध्यक्ष सुशिल कुमार गोशलीको अध्यक्षतामा सम्पन्न १५औं बार्षिक साधारणसभाले २७.०६५५ प्रतिशत बोनश शेयर र सोमा लाग्ने करको लागि १.४२ प्रतिशत नगद लाभांश पारित गरेको हो । साधारणसभाले संस्थापकहरुबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरु समेत निर्विरोध चयन गरेको छ । चयन हुनेहरुमा सुशिल कुमार गोशली, योगेन्द्रलाल प्रधान र जितप्रसाद द्धा रहेका छन् भने साधारणसभापछि बसेको सञ्चालक समितिको बैठकले सुशिल कुमार गोशलीलाई सर्वसम्मतीले अध्यक्षमा पुनः चयन गरेको छ । फाईनान्सका ५ जना सञ्चालकहरु मध्ये निरञ्जन श्रेष्ठ र अमर गुरुड्ड सर्वसाधारणको तर्फबाट प्रतिनिधित्व गरिराखेका छन् ।

साधारणसभाले ओम फाईनान्स लिमिटेड र सिटी डेभलपमेन्ट बैंक लिमिटेड एक आपसमा गाभिनको लागि स्विकृती दिएको छ । कम्पनीले गत आ.व.को असार मसान्तसम्म ४ अर्ब ५० करोड निक्षेप संकलन, ३ अर्ब ९३ करोड कर्जा लगानी गरि २० करोड १७ लाख सञ्चालन मुनाफा आर्जन गरेको थियो । कम्पनीको निष्क्रिय कर्जा ०.६७ प्रतिशत रहेको छ भने प्रति शेयर आम्दानी ३३.०९ प्रतिशत रहेको छ । बोनश शेयर बितरण पछि कम्पनीको चुक्ता पुंजी ४९ करोड ४५ लाख ८६ हजार हुनेछ ।

साधारणसभामा कम्पनीमा स्थापनाकालदेखि कार्यरत कर्मचारीहरु दिनेश राज शाक्य, सुनिता राना र प्रकाश ढकाललाई सम्मान गरिएको थियो भने आ.ब. २०७१।७२ मा बिभिन्न बिद्यामा उत्कृष्ट ठहरिएका कर्मचारीहरु तथा शाखाहरुलाई सम्मान गरिएको थियो जस अन्तर्गत ग्राहक सेवा कर्मचारी बिद्यामा रामेश्वर कर्मचार्य, अनुशासित कर्मचारी बिद्यामा सरिता प्रधान, वफादार कर्मचारी बिद्यामा रश्बिन्द्र अधिकारी, भरपर्दाे कर्मचारी बिद्यामा सुदिप बज्राचार्य, निरन्तर उत्कृष्ट कार्यसम्पादान शाखा बिद्यामा दमौली शाखा र बर्षको उत्कृष्ट शाखा बिद्यामा रामबजार शाखालाई पुरस्कृत गरिएको थियो ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button