साढे ५ सय कैदीबन्दीहरुको स्वास्थ्य परीक्षण तथा कम्मल वितरण कार्यक्रम सम्पन्न

पोखरा, ०५ पौष –
लायन्स क्लब अफ पोखरा गण्डकी र गाइनोक्लोजीस्ट एशोसिएसन अफ पोखरा च्याप्टरको आयोजना र थ्रि एन्जल्स नेपालको सहयोगमा पोखराको पार्दी स्थित जिल्ला कारागारमा रहेका बन्दीहरुको स्वास्थ्य परीक्षण गरिएको छ । यस्तै कम्मल पनि वितरण गरिएको छ ।

lions2

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

कार्यक्रमका प्रमुख अतिथि पि.एम.सि.सि का ला.प्रेम बहादुर श्रेष्ठले कैदीबन्दी सुर्य माया दाहाललाई पे्रस्क्रिप्सन दिएर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । उहाँले क्लबले विभिन्न समयमा गरेका कार्यक्रकको प्रशंसा गदैै बन्दीहरुका लागि गरिएको स्वास्थ्य परीक्षण तथा कम्मल वितरण कार्यक्रम निकै राम्रो रहेको बताउनु भयो । उँहाले क्लबहरुले समयको माग अनुसार कार्यक्रम गर्न सकेमा कार्यक्रम प्रभावकारी हुने बताउनु भयो ।

लायन्स क्लब अफ पोखरा गण्डकीका अध्यक्ष लायन सिता पाण्डेले लायन्सले स्वास्थ्य, शिक्षा र सरसफाईका कार्यलाई नै विशेष जोड दिने हुनाले यो कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । उहाँले क्लबको वार्षिक कार्यक्रम अन्र्तगत यो कार्यक्रम गरेको बताउँदै आगामी दिनमा पनि निरन्तरता दिने बताउनु भयो ।

नेपाल सोसाइटी अफ अब्ष्टे«टिक्स एण्ड गाइनोकोलोजी पोखराका अध्यक्ष डा. निरज कुमार दुवेले चिसो मौसमसँगै विभिन्न रोगहरुले मानिसलाई सताउने हुँदा कारागारमा रहेका बन्दीहरुलाई थप उपचार गरेर सहयोग गरेको बताउनु भयो ।

lions

कार्यक्रमको सहयोगी संस्था थ्रि एन्जल्स नेपालको संस्थापक अध्यक्ष राजेन्द्र गौतमले कास्की कारागारमा विगत ८ वर्ष देखि महिला र बालबालिकाको क्षेत्रमा क्रियाशिल रहेको बताउँदै यस्ता कार्यक्रमहरु दुर्गम जिल्लाहरुमा लिएर जानसके अझ सार्थक रहने बताउनुभयो ।

कास्की कारागार प्रमुख हरिप्रसाद गौतमले कारागारमा विभिन्न खालका बन्दी रहेको भन्दै बन्दी भन्ने बितिकै घृणाको भावले हेर्न नहुने बताउनु भयो । उँहाले लायन्सको कार्यक्रम राम्रो भएको बताउँदै आगामी दिनहरुमा बन्दीहरुको आवश्यकता अनुसार यस्ता कार्यक्रम ल्याइदिन संस्थालाई आग्रह गर्नु भयो ।

lions3

कारागारमा रहेका ५ सय ४९ कैदीहरुको स्वास्थ्य परीक्षण गरि औषधी वितरण गरिएको थियो । उक्त शिविरमा डा. निरज कुमार दुवे, डा. भोजराज न्यौपाने, डा. चन्डिका पण्डित, डा. राजेश अधिकारी, डा. जुना श्रेष्ठ डा. राजेन्द्र तिवारी, डा. पदम ढुङ्गना, रेडीयो जननीका उपाध्यक्ष डा. गोमा तुलाचन, डा. आशिक श्रेष्ठ डा. डोलेन्द्र आर्चय, सुरेश परियार, डा अभिषेक वाग्ले, डा.आषिका श्रेष्ठ लगायतका विशेषज्ञको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो । स्वास्थ्य शिविरमा सम्पूर्ण प्राविधिक सहयोग फेवा सिटी हस्पिटल एण्ड रिसर्च सेन्टरले गरेको थियो ।

लायन्स क्लब अफ पोखरा गण्डकीका अध्यक्ष ला. सिता पाण्डेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डिष्ट्रिक्ट डिजाष्टर कमिटि मेम्बर ला.उषा गौतमले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नु भएको थियो भने क्लबका प्रथम उपाध्यक्ष ला. शारदा शर्माले धन्यवाद ज्ञापन र निर्वतमान अध्यक्ष ला मन्जु पन्तले ध्वजाको अभिवादन पाठ राख्नु भएको थियो । कार्यक्रमको संचालन संस्थाका सचिव ला. मना थापाले गर्नुभएको थियो । उक्त कार्यक्रमको मिडिया पार्टनर रेडियो जननी ९०.६ रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button