खुल्ला टेनिस भेट्रान्स प्रतियोगिता यस बर्ष देखि पोखरा रंगशालामा हुने

पोखरा, ०५ पौष –

राष्ट्रिय स्तरको खुल्ला टेनिस भेट्रान्स प्रतियोगिता यस बर्ष देखि पोखरा रंगशालामा हुने भएको छ । विगतको १२ बर्षसम्म पोखराको प्रस्र्याङमा रहेको पस्र्याङ्ग टेनिस कोर्टमा आयोजना हुदै आएको प्रस्र्याङ भेट्रान्सको १३ औं संस्करण देखि पोखरा रंगशालामा पोखरा भेट्रान्स ओपन टेनिस प्रतियोगिताको नामबाट संचालन हुने भएको आज (आईतबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।

Hot Air Balloon Booking
Paragliding Pokhara

कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा हालै दुई वटा टेनिस कोर्ट निमार्ण भएसंगै संघले उक्त प्रतियोगितालाई यही पुष १० गते देखि आयोजना गर्न लागेको संघका अध्यक्ष विनोद कायस्थले बताए । दार्जलीङ, वुटवल, भैरहवा, काठमाण्डौ लगायतका गरी विभिन्न ठाँउबाट एक सय २० जना जसो खेलाडीहरु प्रतियोगिताको विभिन्न इभेण्टहरुमा सहभागिता जनाउने भएको प्रतियोगिताका संयोजक वसन्त प्रधानले बताए । उनका अनुसार प्रतियोगितामा ३५, ४५, ५०, ५५, ६० र ६५ वर्ष माथि एकल तथा डबल्सका गरी ६ ईभेण्टमा प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगिता सम्पन्न गर्न करीब ७ लाख खर्च लाग्ने भएको प्रचार संयोजक नविन चालिसेले बताए । विभिन्न प्रायोजक तथा दाताहरुबाट उक्त रकम जुटाउने भएको उनले जनाए ।

३५ वर्ष माथि एकल तर्फको विजेताले नगद २० हजार तथा उप–विजेताले नगद १० हजार रुपैया साथमा ट्रफि प्रदान गरीने भएको छ । त्यसैगरि ३५ वर्ष माथि डवल तर्फको विजेताले १० हजार र उप–विजेताले ५ हजार साथमा ट्रफि पुरस्कार पाउने भएको छ । ४५ बर्ष तर्फको एकल इभेण्टको विजेताले १५ हजार र उपविजेताले ७ हजार ५ सय र सोहि ईभेण्टको डवल तर्फको विजेताले भने १० हजार र उपविजेताले भने ५ जहार ५ सय रुपैया प्राप्त गर्ने भएको संघका कार्यालय सचिव ऋतु गुरुङले बताईन । त्यसै गरी अन्य ईभेण्टका विजेतालाई ट्रफी प्रदान गरीने भएको छ ।

टुर्नामेण्ट डाइरेक्टर राजन पौडेलले पोखरा रंगशालामा पहिलो पटक राष्ट्रिय स्तरको उक्त प्रतियोगिता पहिलो पटक आयोजना हुने भए पनि प्राविधिक रुपमा निकै उपयुक्त कोर्ट निमार्ण भएको दाबी गरे । नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका कार्यावाहक अध्यक्ष सन्देस श्रेष्ठले उक्त प्रतियोगितालाई सफल पार्न संचार क्षेत्रबाट सहयोग गर्ने वचन दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button