एकल साँझ कार्यक्रम मार्फत कर्ण दास पोखरेलीहरुको माझ प्रस्तुत हुने

पोखरा, ०५ पौष –

१० वर्ष अमेरीकामा बसेर स्वदेश फर्किएका चर्चित गायक कर्ण दास पोखरेलीहरुको माझ यही पुष ११ गते सार्वजनीक कार्यक्रमा प्रस्तुत हुदैछन । लायन्स क्लव अफ पोखरा आदर्श चौतारीको आयोजनामा ‘१० वर्ष पछि कर्ण दास’ एकल साँझ कार्यक्रम मार्फत पोखरेलीहरुको माझ प्रस्तुत हुने भएका हुन ।

पोखरा सभागृहमा पुष ११ गते शनिबार दिउँसो ३ बजेबाट शुरु हुने कार्यक्रममा गायक कर्ण दासले पुराना गीतहरु जीन्दगीको के भरोसा, ठूला ठूला महल होइन, पुराना डुङ्गासहित नयाँ गीतहरु सहित करीब २० वटा गीतहरु गाउने भएको क्लवका अध्यक्ष बासुदेव कोइरालाले बताए । उनका अनुसार उक्त कार्यक्रमबाट राहत कोष निर्माण गरेर भुकम्प पीडितको सहयोगार्थ खर्चिने उद्धेश्यले कार्यक्रम आयोजना भएको हो । भूकम्पबाट प्रभावित भएको कुनै बिद्यालयमा सहयोग गरीने भएको कोइृरालाले बताए ।

पत्रकार सम्मेलनमा उपस्थित गायक कर्ण दासले विषम परिस्थितीमा राजनीतिक जिन्दगीलाई अगाडी बढाउनुको विकल्प नभएको बताउँदै उनले आफु गायक भएको नाताले सवैलाई खुसि पार्न गित गाउने गरेको बताए । उनले भने “म गायत क्षेत्रबाटै रामैै्र आम्दानी गर्न सफल भएको छु–तर पनि म मेरो सामाजिक उत्तरदाहित्व पनि वोध गर्न चाहान्छु, कुनै विपतमा परेका नेपालीहरुको लागि मेरो गायन क्षेत्रबाट केहि सहयोग मिल्छ भने किन सहयोग नगर्ने । ” पोखरेली गायक समेत रहेका कर्ण दासले यस अघि सिद्धार्थ क्लवको आयोजनामा पोखरामा एकल साँझ गरी सकेका छन भने उनले हालसम्म स्वदेश तथा विदेशमा गरी ४० भन्दा बढी यस्ता कार्यक्रममा सम्पन्न गराई सकेका छन ।

उक्त कार्यक्रमको प्रबेस टिकट १ हजार र ५ सय र बिद्यार्थीहरुको लागि ३ सय रहेको कार्यक्रम संयोजक शिव नेपालीले बताए । उक्त कार्यक्रमबाट १७ लाख ५० हजार आम्दानी गरी १२ लाख ५५ हजार खर्च हुने अनुमान गरीएको नेपालीले जनाए ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button