नेष्डोद्वारा विन्धवासिनी मन्दिरमा सरसफाई एवम् असाहय व्यक्तिहरुलाई फलफुल वितरण

  • पोखरा न्यूज
  • २०७२ पौष ५
नेष्डोद्वारा विन्धवासिनी मन्दिरमा सरसफाई एवम् असाहय व्यक्तिहरुलाई फलफुल वितरण

पोखरा, ०५ पौष –
नेष्डो सुचना विभाग – राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपालको नव नियुक्त कर्मचारीका लागि आयोजित ५ दिने सेवा प्रवेश पुर्व आधारभुत सैद्धान्तिक तालिमको तेश्रो दिन आईतावार विन्धवासिनी मन्दिर परिसर सरसफाई एवम् असाहय जेष्ठ नागरीकलाई फलफुल वितरण गरी शुभारम्भ गरियो ।

nesdo1

नेष्डो नेपालको सेवालाई यस आर्थिक वर्षको अन्त्यसम्ममा ८० हजार विपन्न परिवारको घरदैलोमा पुरयाउने लक्ष्य परिपुर्तिन गर्नका लागि संस्थाले ८ जना शाखा प्रवन्धक तथा ४७ जना केन्द्र प्रवन्धक छनौट गरी तालिममा सहभागी गराइएको हो । संस्थाले तालिममा सहभागी कर्मचारीलाई आत्याध्मिक भावना जगाई मानवीय सेवामा समर्पित गराउने उद्देश्यले विन्ध्यावासिनी मन्दिर दर्शन, मन्दिर परिसर सरसफाईका साथै मन्दिर प्राङगणमा रहेका १९ जना असाह्य व्यक्तिहरुलाई फलफुल वितरण गरिएको थियो ।

nesdo2

कार्यक्रममा वोल्दै संस्थाका कार्यकारी प्रमुख विश्व प्रकाश प्रसाईले विषयवस्तुहरुका साथै सामाजिक गतिविधीमा संलग्नताले मानिसको जीवनलाई पुर्णता दिने वताउनु भयो । लघु वित्त सेवा समुदायमा आधारित वित्तीय सेवा भएकाले समुदायको हरेक पक्षका वारेमा कर्मचारीलाई जानकारी दिन पनि अतिरिक्त क्रियाकलापहरुको भुमिका रहने उहाँले वताउनु भयो ।

तालिमको चौंथो दिन देशमा विद्यमान मधेसी र पहाडी समुदाय विच सदभाव विकासका लागि सदभाव डौदका साथै आन्दोलनवाट सृजित भावना अन्तर समूह हाजिरी जवाफ प्रतियोगितावाट शुरु गरिने र अपरान्ह ४ वजे पछि विविध साँस्कृतिक कार्यक्रम सहित समापन समारोह आयोजना हुने संस्थाले जनाएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस