महिलाहरु उद्यमशीलतामा लाग्न प्रेरणा मिलोस् भनेर ७ दिने तालिम सुरु

पोखरा, ०५ पौष – 

कास्की पोखरा हस्तकला संघ र पोखरा उद्योग वाणिज्य संघ घरेलु तथा साना उद्योग प्रवद्र्धन उप—समितिको संयुक्त आयोजना र रेडियो जननी ९०.६ को समन्वयमा मकैको खोस्टाद्धारा फुल बनाउने तालिम आइतबार देखि सुरु भएको छ ।

तालिमको प्रमुख अतिथि पश्चिमाञ्चल क्षेत्रीय उद्योग वाणिज्य संघका अध्यक्ष संञ्जिव बहादुर कोइरालाले तालिमका लागि आवश्यक पर्ने सामाग्री प्रशिक्षक अन्नपुर्ण हस्तकला उद्योगका प्रोपाइटर नुजिलज कंसकारलाई हस्तान्तरण गरेर उद्घाटन गर्नु भएको थियो । कोइरालाले महिलाहरु अरुको भरमा नबसिकन आफ स्वयम आफनो सीपबाट आम्दानी गर्न सकेमा समाजमा महिला र पुरुषहरुको स्तर समान हुने बताउनु भयो । कोइरालाले तालिममा सहभागीहरुलाई तालिम सिकेर व्यवसायिक हुदै प्रशिक्षक बन्न आग्रह गर्नु भयो । उँहाले समाज रुपान्तरण गर्न महिलाको ठुलो भुमिका हुने भएकाले महिलाहरुलाई आत्मनिर्भर बनाउने यस्ता खालका तालिम निकै जरुरी रहेको बताउनु भयो ।

makai2

कास्की पोखरा हस्तकला संघ तथा रेडियो जननीका अध्यक्ष हिरा भट्टराईले कार्यक्रमको बारेमा प्रकाश पादै आर्थिक समृद्धिका लागि उद्यमशीलता आजको आवश्यकता भन्ने मुल नाराका साथ हस्तकलालाई अगाडी बढाएको बताउनु भयो । भट्राईले उद्यमशीलतामा अगाडि बढ्न सकेमा आर्थिक उन्नती हुने बताउनु भयो । उँहाले महिलाहरुमा उद्यमशीलतामा लाग्न प्रेरणा मिलोस् भनेर तालिमको आयोजना गरिएको बताउनुभयो ।

रेडियो जननीका स्टेशन म्यानेजर विमला भण्डारीले तालिममा सिकेका कुरालाई कसरी व्यवसायिक रुपमा लैजाने भन्ने कुरा महत्वपुर्ण हुने बताउदै सिकेका कुरालाई व्यवहारमा उर्तानु पर्ने बताउनु भयो । भण्डारीले सिप हस्तान्तरण गर्ने कुरा भएकाले सिकेका कुरा अरुलाई सिकाउदै आफुहरु पनि आत्मनिर्भर हुनुपर्ने बताउनु भयो ।

पोखरा उद्योग वाणिज्य संघका सल्लाहकार तथा मानार्थ सदस्य सुरेश कुमार राज भण्डारीले महिलाहरु चुलो चौकोमा मात्र सिमित नरही उद्यमशीलतामा लाग्नु पर्ने बताउनु भयो ।

कलाकार तथा कास्की पोखरा हस्तकला संघका सदस्य मिलन शेरचनले आफुमा भएको क्षमतालाई बाहिर ल्याउनका लागि उचित स्थान चाहिने भएका कारण त्यो वातावरण संघले तयार पारेकाले त्यसको महत्व बुझ्नुपर्नेमा जोड दिनुभयो ।

पोखरा ७ रत्नचोक स्थित ढाँड आमा समुहको व्यवस्थानमा ७ दिन सम्म चल्ने तालिममा २३ जना महिलाहरुको सहभागीता रहेको छ । उक्त तालिमको सहयोगी संस्थाहरुमा पोखरा उपमहानगरपालिका, नेपाल हस्तकला महासंघ काठमाडौ.-पद्यमावती हस्तकला उद्योग रहेका छन् ।

कास्की पोखरा हस्तकला संघ तथा रेडियो जननीका अध्यक्ष हिरा भट्टराईको अध्यक्षतामा सम्पन्न तालिम उद्घाटन कार्यक्रमको ढाँड आमा समुहका कार्यवाहक अध्यक्ष हरि देबी कार्कीले समापन गर्नुभएको थियो भने संघका सचिव सीता गुरुङ्गले कार्यक्रमको संचालन गर्नु भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button