सरस्वती निम्न माविका विद्यार्थीहरुलाई पोशाक तथा शैक्षिक सामग्री वितरण

पोखरा, ०५ पौष -

इनरह्वील क्लव अफ पोखरा मिडटाउनले पोखरा उपमहानगरपालिका वडा नं. १२ ढिकालेथरस्थित सरस्वती निम्न माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरेको छ ।

शैक्षिक एवं सामाजिक सेवा अन्र्तगत क्लवले शुक्रवार विद्यालयमै पुगी विद्यालयका विद्यार्थीहरुलाई स्विटर र कापी कलम वितरण गरेको हो । कार्यक्रममा क्लवका अध्यक्ष भक्ति गुरुङले सामग्री हस्तान्तरण गर्दै विद्यालयका विपन्न परिवारका विद्यार्थीलाई सहायोग गर्न पाएकोमा खुसी वक्त गरेकी थिइन् । कार्यक्रममा एवं उपस्थित क्लवका पदाधिकारी एवं अन्य सदस्यहरुले विद्यार्थिहरुलाई सो सामग्री हस्तान्तरण गरेका थिए । क्लवका अध्यक्ष भक्ति गुरुङको सभापतित्वमा सम्पन्न सो सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै कार्यक्रममा प्रमुख अतिथि एवं विद्यालयका प्रधानाध्यापक रुद्र रानाभाटले इनरह्वील क्लवको सहयोगको प्रशंसा गरे । उनले यसअघि पनि रोटरी क्लवले विद्यालयमा पिउने पानी र फर्निचरको ब्यवस्था गरी सहयोग गरेको बताउँदै आगामी दिनमा पनि सहयोग पाउने आशा व्यक्त गरे ।

कार्यक्रममा विद्यालयका शिक्षिका लक्ष्मी पौडेल, विद्यार्थी विकास विकले सहयोगको प्रशंसा गरेका थिए । इनरह्वील क्लवकी सचिव पार्वती पाण्डेले सञ्चालन गरेको सो कार्यक्रममा स्वागत गर्दैै विद्यालयकी शिक्षिका एवं क्लवकी कार्यक्रम संयोजक यशोदा वाँस्तोलाले भावी दिनमा पनि सहयोग निरन्तर हुने प्रतिवद्धता व्यक्त गरेकी थिइन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button