पोखरा, ०४ पौष –
पोखराको पुरानो टुडिखेलको खेल मैदानमा आजदेखि १० औ संस्करणको बि. टी. कप सेभेन ए साइड फुटवल प्रतियोगिता सुरु भएको छ ।
स्थानिय बुद्ध टोल युवा क्लवले आयोजना गरेको सेभेन ए साइड फुटवल प्रतियोगिताको मुक्तिनाथ बाहिनीका बाहिनीपति ससस्त्र प्रहरी नायवमहानिरीक्षक (डिआइजी) जानकीराज भट्टराइले उद्घाटन गरे ।
प्रतियोगिताको उद्घाटन गर्दै भट्टराइले खेलकुदले एक आपसमा भाइचारा कायम गर्दै आफ्नो शारिरीक तन्दुरुस्ततालाई समेत कायम राख्नेवताए । देशमा अहिले विसम परिस्थिती आइरहेको वेला खेलकुदमा जस्तै आफ्नो टीमलाई जीताउनका लागी खेलाडीहरु एकजुट भएर लागेजस्तैसम्पूर्ण देशप्रेमी हरु एकजुट भएर लाग्नुपर्नेमा समेत उनले जोड दिए ।
कुल ३६ टीमको सहभागीता रहेको आजको पहिलो खेलमा बिटी ह्वाइटलाई दुइ एकको गोल अन्तरले शिशुवा फुटवल क्लवले पराजित गरेको छ । त्यस्तै दोश्रो गेममा एकता फुटवल क्लवले १ शुन्यको गोल अन्तरले जुनियर काजीपोखरीलाई पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरकोे छ। प्रतियोगिताको दोश्रो दिन आइतबार टुडिखेल फुटवल क्लव र काजी पोखरी , रामबजार (पुन टोल) फुटवल क्लव र रेन्सु युनाइटेड,लामागाउ फुटवल क्लव र रामबजार युथ क्लव , अनुपम फुटवल क्लव र लामाचौर फुटवल क्लव बी हेम्जा युनाइटेड र नर्थ हर्न एफ सी,नदीपुर फुटवल क्लव र इन्द्रेणी फुटवल क्लव र अन्तिम खेल सिमपानी फुटवल क्लव र मालेपाटन बीच खेल हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुने टिमलाई नगद एक लाख एक हजार एक सय एघार , सिल्ड, मेडल र प्रमाण पत्र र द्धितिय हुनेलाई पच्पन्न हजार पांचसय पच्पन्न, सिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा क्वाटर फाइनल देखि प्रत्येक खेलमा म्यानअफ दि म्याच, खेल भरकै सर्बोत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्टर, उत्कृष्ट फरवार्ड र उत्कृष्ट गोल किपरलाई विषेश पुरस्कारले सम्मान गरिने छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution