छैठौ पोखरा महोत्सवको अफिसियल पेपरमा समाधान राष्ट्रिय दैनिक

पोखरा, ०५ पौष –

छैठौ पोखरा महोत्सवको अफिसियल पेपरमा समाधान राष्ट्रिय दैनिक लाई चयन गरिएकोे छ । सोमबार एक कार्यक्रमका बीच समाधान राष्ट्रिय दैनिक र युनाइटेड क्लव बीच सहमती पत्रमा हस्ताक्षर भएको हो ।

Hot Air Balloon Booking
Paragliding Pokhara

आइतबार युनाइटेड क्लवका अध्यक्ष हिमालय बख्रेल र महोत्सवका प्रचारप्रसार संयोजक तथा क्लवका सचिव लालकाजी गुरुङ र समाधान राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक रामकृष्ण ज्ञवाली र पत्रिकाका बजार ब्यवस्थापक श्री पोखरेलले महोत्सवको अफिसियल पेपरको सहमती पत्रमा हस्ताक्षर गरेका हुन ।

उक्त अवसरमा वोल्दै समाधान राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक रामकृष्ण ज्ञवालीले समाधान राष्ट्रिय दैनिक पोखरामा छुट्टै विशेषता बोकेर अगाडी वढिरहेको र महोत्सवलाई सफल बनाउनका लागी आफुहरुको मिडियाबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

त्यस्तै युनाइटेड क्लवका अध्यक्ष हिमालय बख्रेलले समाधान राष्ट्रिय दैनिकले विगतका महोत्सवहरुमा सहयोग गरिरहेको वताउदै यस वर्षदेखि समाधान राष्ट्रिय दैनिकले विशेष तवरले समाचारहरु संप्रेसण गर्दै आइरदा पत्रिका संग सहकार्य गरेर पोखरा महोत्सवमा साझेदारी गर्न पाउदा खुसी लागेको वताए । समाधान राष्ट्रिय दैनिकले पोखरामा बेग्लै पहिचान स्थापित गरी समाजमा रहेको विभिन्न घटना परिघटनालाई यथार्थरुपमा पाठकसामु पस्कन अग्रणी भुमिका खेलेको र आगमी दिनमा पनि यसलाई निरन्तरता दिन बख्रेलले आग्रह समेत गरे ।

शिक्षा, स्वास्थ्य , खेलकुद र पर्यटन प्रवद्र्धनका लागी पोखरामा नया पर्यटकीय गन्तब्य चिडियाखाना निर्माण गर्ने अठोटका साथ अगाडी वढेको युनाइटेड क्लव पोखराले आयोजना गर्न लागेको छैठौ पोखरा महोत्सव आगामी पुस ३० देखि माघ १० गते सम्म पोखराको अमरसिंह चौरमा हुदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button