छैठौँ विग आईकनको अडिसन आईतबार देखि शुरु

पोखरा, ०५ पौष –

सामसुङ ग्यालेक्सी जे सेभेन छैठौँ विग आईकनको अडिसन आईतबार देखि शुरु भएको छ । आईतबारदेखि शुरु भएको पहिलो चरणको अडिसन अन्तरगत पहिलो दिन ५२ जनाले अघिल्लो चरणको लागि ग्रीन कार्ड प्राप्त गरे । आईतबार भएको पहिलो दिनको अडिसनमा १ सय ३० जनाले अडिसनमा सहभागिता जनाएका थिए ।

पुम्दीभुम्दीकी विनिता सुनारले आईतबार पहिलो ग्रीन कार्ड प्राप्त गरिन् । पाँचौ सँस्करणका विग आईकन कुन्साङ गुरुङको हातबाट उनले ग्रीन कार्ड प्राप्त गरेकी थिईन् । प्रतियोगितामा ४२ जिल्लाका ९ सय ३ जना गायन प्रतिभाहरुले सहभागिता जनाउने एफएमले जनाएको छ ।

आईतबार छैठौँ विग आईकनको शुरुवाती दिनमा एक विशेष औपचारिक कार्यक्रममा विग एफएमका अध्यक्ष महेश भण्डारीले विग आईकनमा देखिएको सहभागीहरुको भीडले ईभेन्टको क्रेजलाई पुष्टी गर्ने बताए । ‘विग आईकन अहिले नेपालकै सबैभन्दा ठुलो गायन रियालिटि शो बनेको छ । र, यसलाई नेपालकै सबैभन्दा उत्कृष्ट मञ्च बनाउन यस्तै एफएमका कर्मचारी, स्रोता र व्यवसायिक संघसंस्थाहरुको हात रहेको छ ।’–‘यो मञ्च अझै विस्तारित र व्यवस्थित हुँदै जाने कुरामा हामी सबैलाई विश्वस्त बनाउन चाहन्छौँ ।’

त्यस्तै आईतबार निर्णायकद्वय श्यामसुङ तामाङ र विनोद बानियाँले छैठौँ विग आईकनका सहभागीहरुलाई सफलताको शुभकामना दिए । ‘यो एउटा प्रतिस्पर्धा हो । र, हामीले प्रतिभाको आधारमा सहभागीहरुलाई छान्दै जाने हो ।’ निर्णायकहरुले भने–‘प्रतिभावानलाई हामीले प्रस्तुतीको आधारमा छान्नेछौँ भने बाहिरिने सहभागीहरुले पनि केहि सिक्ने मौका भने अवश्य पाउनेछन् ।’

विग आईकनको यो सिजन अबको दुई महिनासम्म चल्ने एफएमले जनाएको छ । पहिलो चरण अन्तरगत दोस्रो दिनको अडिसन (भोली) सोमबार विहान ८ बजेदेखि न्यूरोडस्थित स्काई टच रेस्टुरेन्ट एण्ड लाउन्ज बारमा हुने एफएमका कार्यक्रम संयोजक संजोग बस्यालले जानकारी दिए ।

यो पटक विग आईकनको निर्णायक मण्डल पनि पाँच जनाको रहेको छ । यस अगाडि निरन्तर रुपमा निर्णायक रहँदै आएका श्यामसुङ तामाङ, सुनील थापा, विनोद बाँनीयासँगै चर्चित गायकद्वय कर्णदास र विवेक श्रेष्ठ पनि निर्णायक रहेका छन् ।

छैठौँ सँस्करणको विग आईकनको विजेताले उपाधीसँगै १ लाख ७५ हजार रुपैयाँ बराबरको हिरो ड्यास स्कुटर र बेलायतको साँगीतिक यात्रा पुरस्कार स्वरुप पाउने एफएमले बताएको छ । त्यस्तै प्रतियोगितामा दोस्रो हुनेले ७५ हजार र तेस्रो हुने प्रतिस्पर्धीले ५० हजार रुपैयाँ बराबरको पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगितामा उत्कृष्ट १० प्रतिभा छनौटका लागि निर्णायकहरुको शतप्रतिशत अधिकार रहनेछ । उत्कृष्ट १० पछि उत्कृष्ट तीनसम्म छनौटका लागि निर्णायकको अग्राधिकार रहनेछ । ग्राण्ड फिनालेमा भिड्ने तीन जना प्रतिस्पर्धीका लागि भने उत्कृष्ट छान्ने सर्वाधिकार स्रोताको एसएमएस मतदानमा रहने एफएमले जनाएको छ ।

छैठौँ सँस्करणको विग आईकनमा हालसम्म टाईटल स्पोन्सरको रुपमा सामसुङ मोबाईल, सबटाईटल स्पोन्सरमा कान्साई नेरोल्याक पेन्ट्स नेपाल, प्रोमोटेड बाई टाईटलमा द ब्रिटिश कलेज थापाथली, को–स्पोन्सरमा यूरो एशिया एजुकेशन कन्सल्टेन्सी, सब–स्पोन्सरमा पिपलडाली मसला, पोखरा सिने प्लेक्स र मिलिजुली डेकोरेशन रहेका छन् ।

त्यस्तै सपोर्टेड बाई टाईटलमा एब्स्ट्रयाक्ट एजुकेशन नेटवर्क, पावर्ड बाई टाईटलमा जिङ्ग अल्ट्रा प्रीमियम भोड्का, टेलिभिजन, मिडिया पार्टनरमा एभिन्यूज टेलिभिजन, कान्तिपुर साप्ताहिक, समाधान दैनिक, अनलाईन पार्टनरमा जक्शन डटकम, म्यागेजिन पार्टनरमा ‘यस’ म्यागेजिन, होटल पार्टनरमा होटल बाराहि, भेन्यु तथा रेष्टुरेण्ट पार्टनरमा स्काई टच रेष्टुरेण्ट न्युरोड, बैंकिङ पार्टनरमा गरिमा विकास बैंक र ट्राभल पार्टनरमा जिरो प्वाईन्ट ट्राभल्स एण्ड टुर्स रहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button