पोखरा, ०५ पौष –
पोखराको पुरानो टुडिखेलमा जारी १० औ बि टी कपको दोश्रो दिन सात खेल सम्पन्न भएका छन । बुद्धटोल युवा क्लवद्धारा आयोजित बिटी कपमा आइतबार सम्पन्न पहिलो खेलमा काजीपोखरी फुटवल क्लवले टुडिखेल फुटवल क्लवलाई ६ शुन्यको गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ । खेलमा काजीपोखरीको तर्फबाट आशिष गुरुङले तीन गोल गरेका थिएभने आदर्श शाही, सुजन रुम्बा र राजकुमार परियारले एक एक गोल गरेका थिए ।
दोश्रो खेलमा रामबजार फुटवल क्लव र रेन्सु युनाइटेडको बरावरी गोल भएपछि ट्राइबेकरमा रेन्सीले दुइ एकको गोल अन्तर गर्दै रामबजाुर पुन टोल फुटवल क्लवलाई पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ । त्यस्तै तेश्रो खेलमा राबजार युथ क्लवले तीन एकको गोल अन्तरले लामाचौर फुटवल क्लवलाई पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ ।
खेलमा रामबजार युथ क्लवको तर्फबाट राजन रावलले दुइ गोल र सञ्जय बुढाथोकीले एक गोल गरेका थिए । लामाचौर फुटवल क्लवको तर्फबाट कुमार तामाङले सान्तवना गोल गरेका थिए । चौथो खेलमा अनुपम फुटवल क्लवलाई लामाचौर फुटवल क्लवले दुइ एक गोल अन्तरले पराजित गरेको छ । खेलमा लामाचौरको तर्फबाट खेम गुरुङ र अनमोल पुनले एक एक गोल गरेका थिएभने अनुपमको तर्फबाट उमेश मल्लले शान्तवना गोल गरेका थिए ।
पांचौ खेलमा नर्थ हर्न ले हेम्जा युनाइटेडलाई तीन शुन्य गोल गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ । खेलमा नर्थ हर्नको तर्फबाट विसन गुरुङ, गोपी गुरुङ र विवेक गुरुङले एक एक गोल गरेका थिए । छैठो खेलमा नदीपुरले दुइ शुन्य गोल अन्तरले इन्द्रेणी एकीकृत बिकास केन्द्र लाई पराजित गरयो । खेलमा नदीपुरको तर्फबाट सुनिल मल्लले दुइ गोल गरेका थिए ।
आइतबार सम्पन्न अन्तिम खेलमा मालेपाटन फुटवल क्लवले सिमपानी फुटवल क्लवलाई दुइ एक गोल अन्तरले पराजित गरयो । खेलमा मालेपाटनको तर्फबाट फोनस कार्की र सन्जिप बरालले एक एक गोल गरेभने सिमपानीको तर्फबाट टकराज गुरुङले सान्तवना गोल गरे ।
प्रतियोगितामा सोमबार सात खेल हुने भएका छन । सोमाबर गोर्खा गन्ज भर्सेस विष्णुपादुका हेम्जा, सितलदेवी भर्सेस रि युनाइटेड , एल जी एशोसियसन भर्सेस न्यु जेनेरेसन , टुडिखेल एफ सी ए भर्सेस युनाइटेड माछापुछ्रे घाचोक , बिटी ब्ल्यू भर्सेस कल्पेश्वर फेदी, लामाचौर ए भर्सेस एन वाइ सी रत्नचोक, कुंडहर एफ सी भर्सेस रत्न समाज एफसी बीच खेल हुने आयोजकले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution