पोखरा, ०५ पौष –
तमु ल्होसारको अवसरमा पोखरा १० बुद्धशान्ति मार्गमा जारी कंग्युर पाठ तथा तोनागघोसुम पुजा पांचौ दिन पनि जारी रहेको छ । पांचौ दिन सम्म आइपुग्दा गुम्बामा भक्तजनहरुको उल्लासमय सहभागीता रहेको गुम्बाले जनाएको छ ।
विगत १५ वर्षदेखि निरन्तर आयोजना गर्दै आइरहेको कंग्युर पाठ तथा तोनागघोसुममा पोखरा र आसपासका छिमेकी जिल्लाका भक्तजनहरुको उल्लासमय सहभागीता रहेको गुम्बाका लामा गुरु फुर्वा लामाले जनाए । लामा फुर्वाका अनुसार कंग्युर पाठ अवधिभर भक्तजनहरु वर्ग फिर्ने वेलामा विभिन्न कष्ट बाधाहरु हटेर जाओस भनी पुजामा सहभागी हुने गरेका छन । त्यसका लागी पोखरा र आसपासका छिमेकी जिल्लाहरुबाट समेत भक्तजनहरुले सहभागीता जनाउने गरेको उनको भनँइ रहेको छ ।
विश्वमा घटिरहेको हत्या, हिंसा र आतंकको अन्त्य भइ विश्वमा शान्ति फैलियोस , वर्तमान असहज परिस्थिति, अन्त्य भइ दिगो शान्ति स्थापना होस र गत वैशाखमा आएको भुकम्प तथा बाढीपहिरोमा परेर मृत्यु भएकाहरुको आत्माले शान्ति पाओस भन्ने कामना गर्दै यो वर्ष १५ औ संस्करणको कंग्युर पाठ तथा ग्रह शान्ति तोनाग घोसुम पुजाको आयोजना गरिएको गुम्बाले जनाएको छ ।
नेपाल गुरुङ लामा समुह केन्द्रिय कार्यालय बौद्ध शान्तिमार्गको नेतृत्व रहेको पुजामा घान्द्रुक ब्रेज मेश्रो तमु समाज, टांसी छ्योएलिङ गुम्बाका ब्रत आमा समुह, आठ भाइ बाह्र घर प्ल्हनेरो भाईखलक र आठ घर बाह्र घर प्ल्हनेरो रिह्चमी चेलीबेटीको सहयोग रहेकोे आयोजकले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution