बालगृह व्यवस्थापन तथा बाल संरक्षण सम्वन्धि दुई दिवसीय अभिमूखिकरण तालिम सुरु

पोखरा, ०५ पौष –
बालगृहहरुको महासंघ नेपाल पश्चिमाञ्चल क्षेत्रीय कमिटिको आयोजनामा बालगृह व्यवस्थापन तथा बाल संरक्षण सम्वन्धि दुई दिवसीय अभिमूखिकरण तालिम आईतबारदेखि कास्कीको धम्पुसमा सुरु भएको छ ।

पश्चिमाञ्चल क्षेत्रमा रहेका बालगृहहरुको उचित व्यवस्थापनमा सहयोग गर्ने उद्धेस्यले तालिम आयोजना गरिएको हो । तलिमको सहजकर्तामा कास्कीका बाल अधिकार अधिकृत बद्री वाग्ले, गैर सरकारी संस्था महासंघका उपाध्यक्ष एवं कानून व्यवसायी मनोजकुमार कँडेल रहनुभएको छ । सो अवसरमा संस्थाको लेखा व्यवस्थापन बारे थ्रि एन्जल्स नेपालका कार्यकारी निर्देशक डा राजेन्द्र गौतमले सहजिकरण गर्नुभयो । यसैबीच तालिमको दोश्रो दिन सोमबार महिला विकाश अधिकृत लक्ष्मी जिसीलेसमेत सहजीकरण गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । तालिममा पश्चिमाञ्चलका विभिन्न जिल्लामा रहेका बालगृह सञ्चालकहरुको सहभागिता रहेको छ ।

यसअघि तालिमको उद्घाटन गर्दै गैर सरकारी संस्था महासंघका केन्द्रिय सचिव रामप्रसाद सुवेदीले बालगृहहरुलाई राज्यले अझैपनि सकारात्मक दृष्टिकोणको व्यवहार गर्न नसकेको बताउनुभयो । ‘सबै एनजिओ लाई एउटै दाँजोमा राखेर हेर्ने काम भईरहेको छ,’ उहाँले भन्नुभयो ‘सरकारले मापदण्ड पुरा नगर्ने केही बालगृहलाई हेरेर राम्रो काम गर्ने संस्थाहरुको मनोबल घटाउने काम गर्नु हुँदैन’ । सरकारले गर्नुपर्ने काम बालगृहहरले गरिरहेको दावी गर्दै उहाँले गलत प्रबृत्ति बोकेका बालगृहहरुलाई आँफूहरुले समेत कारवाही गरेको बताउनुभयो ।

सो अवसरमा बोल्दै बालगृहहरुको महासंघका केन्द्रिय अध्यक्ष रमेश खतिवडाले विगतमा गरेका कमजोरी केलाएर भविष्यमा कसरी सिर्जनशील बन्न सकिन्छ भनेर लाग्नुपर्ने बताउनुभयो । सो अवसरमा कास्कीका बाल अधिकार अधिकृत बद्री वाग्ले, जिल्ला बाल कल्याण समिति कास्कीका सदस्य रविराज बसौला, तालिम संयोजक तथा थ्रि एन्जल्स नेपालका कार्यकारी निर्देशक डा राजेन्द्र गौतम, गैर सरकारी संस्था महासंघका उपाध्यक्ष एवं कानून व्यवसायी मनोजकुमार कँडेल लगायतले बाल गृहहरुले खेल्नुपर्ने भूमिकाका बारेमा आ आफ्नो धारणा राख्नुभएको थियो ।

पश्चिमाञ्चल बालगृह सञ्जालका अध्यक्ष राधा पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बाल गृहहरुको सञ्जाल कास्कीका अध्यक्ष गोमा ढकालले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सञ्जाल कास्कीका सचिव विजय कुमार प्रधानले गर्नुभएको थियो ।

यसैबीच तालिमको दोश्रो दिन सोमबार महिला विकाश अधिकृत लक्ष्मी जिसीलेसमेत सहजीकरण गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button