नाकाबन्दीलाई दृर्घकालीन रुपमा हल हुने गरी समाधानको बाटो खोज्नु पर्नेमा जोड

पोखरा, ०६ पौष –
नेपाल कम्युनिष्ट पार्टी मसालका महामन्त्री तथा अर्ध भुमिगत, बामपन्थी अग्रज नेता मोहनविक्रम सिंहले तराई मधेषमा हाल जारी आन्दोलन नेपालको राष्ट्रियता माथि नै खतरा निम्तिने खाल्को भएको दाबी गरेका छन ।

सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा वोल्दै उनले तराई मधेषमा जारी आन्दोलन भारत केन्द्रीत भएकोले नेपाललाई सिकीमीकरण गर्न खोजेको दाबी गरेका हुन ।नाकावन्दी गम्बिर भएको बताउदै उनले यसलाई दृर्घकालीन रुपमा हल हुने गरी समाधानको बाटो खोजिनु पर्नेमा जोड दिए ।

ATV NEPAL
Paragliding Pokhara
Pokhara Bungy

भारतले मात्र चाहेर नेपालको राष्ट्रियता माथि खतरा ननिम्तिएको बताउदै महामन्त्री सिंहले नेपालकै केहि स्वार्थी नेताहरुको कारणले गर्दा देश आज राष्ट्रियताको ठुलो संकटमा परेको दाबी गरे । नेपालका केहि नेताहरुले भारत माथि आत्मशमरपण गर्ने गरेकोले भारतले नेपाल माथि खेल्ने मौका पाएको समेत उनले ठोकुवा गरे । उनले भने “भारतले नेपाल माथि नाकावन्दी गर्नु कुनै नयाँ कुरा होईन, यस अघि पनि नाकावन्दी गर्दै आएको हो, तर नाकावन्दीको पछाडी भारतले नेपालाई सिकिमीकरण गर्न खोजेको छ, नेपालको तराई क्षेत्रलाई आफ्नो देशमा गाभ्ने रणनितिमा तराई मधेषको आन्दोलनमा भारतले साथ दिदै आएको छ । ”

तराई मधेष दलका नेताहरुले संविधान विधयक संम्सोधनको प्रास्तप गर्नु नेपालको राष्ट्रियता माथि कै प्रश्नचिन्न खडा हुने गरी आएको उनले दाबी गरे । उनले भने “तराईलाई दुई प्रदेश बनाउन खोज्नु, जनङख्याको वहुमतको आधारमा आत्म निर्णयको अधिकारको माग गर्नू, तराई क्षेत्रलाई मात्र समेटेर संघियता गर्नु नै राष्ट्रियता माथि धराम पार्नु हो, यसो भएको खण्डमा कुनै दिन तराइको क्षेत्र भारतले सिकिमीकरण गर्न सक्छ ।” जनसङख्याको आधारमा समावेसी चाहिन्छ भन्ने मषेध तराई दलका नेताहरुले हरेक क्षेत्रमा आफनो प्रभुत्व जमाउन चाहेको समेत नेता सिंहले बताए । अंगीकृत नागरीकता प्राप्त गर्ने व्यक्ति उच्च पदमा जानको लागि माग गर्नू तराइ मधेषी दलका नेताहरुले नेपालको राष्ट्रियता माथि नै खतरा निम्ताउन खोजेको उनले बताए ।

उनले भने “हाम्रो पार्टीले परिर्वतनलाई बचाउनको लागि पनि भूमिगत रुपमा रहेको छ, जनताको आधारभूत आवश्यकता पुरा नभएसम्म पार्टीले भूमिगत रुपमा सघर्ष गर्ने छ ।” आत्मनिर्णय सहितको अधिकारले स्वतन्त्र राज्य बनाउन कठिन हुने उनको भनाई थियो । भारतले आफ्नो पक्षमा नपर्ने गरी नेपालमा संवधान जारी भएकोले भारले तराई मधेष दनका नेताहरुलाई साथ दिदै आएको बताएका नेता सिंहले राष्ट्रियताको संकटको वेला राजनैतिक दल, नेपाली जनताहरु एक हुनु पर्नेमा जोड दिए । नकावन्दीले नेपालको हाल आर्थिक अबस्था मात्र कमजोर नपारी राष्ट्रियताका धेरै बिषय समेत संकटनमा पर्न लागेकोले नेपालीहरु फेरी एक जुट हुन उनले आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button