भाष्कर मेमोरियल स्कुलमा वादविवाद प्रतियोगिता सम्पन्न

  • पोखरा न्यूज
  • २०७२ पौष ६
Post Thumbnail

पोखरा, ०६ पौष –

भाष्कर मेमोरियल स्कुल फूलबारी पोखरा–११मा विद्यार्थीबीच वादविवाद प्रतियोगिता सम्पन्न गरेको छ ।

विद्यार्थी भित्र रहेको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले आयोजित वादविवाद प्रतियोगितामा प्रा.वि तहमा निदेश सुवेदी प्रथम, पुजना बास्तोला द्वितीय, सिद्धार्थ गौतम र स्वेता भट्टराई तृतीय स्थान हाँसिल गरेका थिए । वादविवाद प्रतियोगितामा निमावि तर्फ ऐश्वर्या कुँवर प्रथम, दीक्षा बास्तोला द्वितीय प्रशंसा बास्तोला र सोनिका ढुङ्गानाले तृतीय स्थान प्राप्त गरेको विद्यालयले जनाएको छ ।

स्कुलको अतिरिक्त क्रियाकलाप अन्तर्गत नियमित आयोजना गर्दै आएको वादविवाद प्रतियोगितामा मावि तहका विद्यार्थीहरु मध्ये अमृत कुँवर, सन्ध्या बास्तोला र रचना बास्तोला क्रमशः प्रथम, द्वितीय र तृतीय स्थानको पुरस्कार प्राप्त गरेका थिए । शिक्षक टेकनाथ आचार्य, विनोद थापा, अनिषा बरालले निर्णयकको भूमिका निर्वाह गरेको उक्त प्रतियोगितामा विजयी विद्यार्थीलाई विद्यालयका संस्थापक माधवी बास्तोलाले पुरस्कार वितरण गरेकी थिइन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस