पोखरा, ०६ पौष –
रेडियो सफलता १०३.४ मेगाहर्ज पोखराको पाँचौ वार्षीक उत्सव तथा स्मारिका विमोचन समारोह भव्यताका साथ सम्पन्न भएको छ । उक्त समारोहको नेपाल सरकारका सुचना तथा सञ्चार प्रविधि मन्त्री शेरधन राईले उद्धघाटन गर्नु भएको हो । समारोहलाई सम्बोधन गर्दै मन्त्री राईले सरकार पुर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको दावी गर्नुभयो । “वर्तमान सरमनर पुर्णप्रेस स्वतन्त्रतको पक्षमा प्रतिवद्ध छ, मन्त्री राईले भन्नुभयो, हामी आमसञ्चार प्रतिष्ठान गठनको प्रक्रियामा पनि छौ ।” आधुनिक प्रविधि र विकासको गतिलाई आत्मसाथ गर्दै आम नागरीकको सुसोचित हुन पाउने अधिकार प्रत्याभुतिका लागी वर्तमान सरकार प्रतिवद्ध रहेको मन्त्री राईले बताउनुभयो । मौजुदा नीति तथा कानुनहरुलाई परिर्माजन गर्दै सरकार आमसञ्चार प्रतिष्ठान गठनको प्रक्रियामा रहेको उहाँले जानकारी दिनुभयो ।
साथै मन्त्री राईले नयाँ संविधानको रक्षा र कार्यान्वयनका लागी आफुहरु लागी परेको उल्लेख गर्नुभयो । “नयाँ संविधानको रक्षा गर्नु सरकारको मुख्य दायीत्व हो, मन्त्री राईले भन्नुभयो, संविधानमा विगतमा भएका आन्दोलनहरुका उपलब्धिहरुलाई संस्थागत गरिएको छ । ति सवैका साझा मुद्धाहरु थिए, संविधानलाई गलत भनेर भ्रामक प्रचार गर्नेहरुसंग सरकार सचेत छ ।” कुनै पनि बाहानामा मुलुकको स्वाधिनता एंव सार्वभौमसत्ताको रक्षा माथी प्रश्न उठ्न नदिने दावी गर्दै उहाँले नयाँ उपब्धिहरुको संस्थागत विकास गर्दै राष्ट्र जोगाउन सरकार प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो ।
पछिल्लो समय नयाँ संविधान जारी पश्चात छिमेकी भारतले गरेको व्यवहारका कारण मुलुकमा गम्भिर मानविय संकट भोग्नु परेको उल्लेख गर्दै उहाँले वैधानिक तवरले वार्ता र संवादको माध्यमबाट समस्याको समाधान गर्न सरकार क्रियाशिल रहेको बताउनुभयो । नयाँ संविधानले कसैलाई पनि विभेद नगरेको बताउदै मन्त्री राईले सिमांकन लगायतका समस्याहरु संवैधानिक तवरले गर्न सकिने उल्लेख गर्नुभयो । अहिले मुलुक नयाँ चरणमा प्रवेश गरेको बताउदै उहाँले बन्द, हड्ताल र नाकाबन्दी जस्ता अस्वभनिय कार्यलाई नेपाली नागरीकहरुले अस्विकार गर्ने दावी गर्नुभयो । विविधतामा बाँधिएको नेपाली सांग्लो सारमा एकै भएको मन्त्री राईले दावी समेत गर्नुभयो ।
समारोहमा बोल्दै सम्मानीत व्यक्तित्व वरिष्ठ साहित्यकार तेजनाथ घिमिरेले कला र साहित्य कर्मको यात्रामा हिडिरहेका श्राष्टाहरुलाई सम्मान गरेर रेडियोले उदाहरणीय कार्य गरेको भन्दै आभार समेत व्यक्त गर्नुभयो । यस्तै अर्की सम्मानित महिला उद्यमी रामकली खड्काले समाजलाई सुसोचित गराउन आमाहरुको भुमिका अतुलनिय हुने भन्दै रेडियोले महिलाहरुलाई अझै प्रोत्साहन गर्ने खालका कार्यक्रमहरु अगाडी बढाउनु पर्नेमा जोड दिनुभयो । प्रतिभा छनौट समितिका संयोजक तथा संस्कृतिकर्मी कवि तिर्थ श्रेष्ठले सम्मानित व्यक्तित्वहरुको योगदान, क्रियाशिलता, योग्यताका आधारमा उनिहरुलाई छनौट गरिएको बताउनुभयो ।
उक्त अवसरमा साहित्यकार तेजनाथ घिमिरे, महिला उद्यमी रामकली खड्का, युवा उद्यमी एंव पर्यटनकर्मी किसम गुरु∙, कृषीमा योगदान गर्नुभएका विश्वनाथ पराजुली र पत्रकार ऋषि बराललाई सम्मान गरिएको थियो । साथै रेडियोमा स्थापनाकाल देखी निरन्तर कार्यरत कर्मचारी नारायण भट्टराई र भगवती पन्तलाई समेत सम्मान पत्रले सम्मान गरिएको थियो । पाँचौ वर्ष पुरा गरेको अवसरमा रेडियोले पहिलो पटक सफलता स्मारीक समेत प्रकाशित गरेको छ ।
रेडियोकी प्रबन्ध निर्देशक दुर्गा अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन प्रमिला बराल र विरेन्द्र सापकोटाले गर्नु भएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution