पोखरा, ०७ पौष –
पोखरामा रहेको सामुदायिक रेडियो गण्डकी ९०.२ मेगाहर्जले शुरु गरेको रिचार्ज धमाका छोटो समयमा लोकप्रिय बनेको छ ।
नेपाल टेलिकमको सहकार्यमा रेडियोले दिनमा दश पटक रिचार्ज कार्डको पिन नं स्रोतालाई रेडियोबाट उपलब्ध गराउदै आएको छ । रेडियोले शुरु गरेको यस कार्यक्रममा पहिलो रिचार्ज लम्जुङ सिन्दुकी मिना दुराले गर्न सफल हुनुभएको थियो । मिनाले रेडियो सुनेर रिचार्ज शुरु भएको दिनमै पहिलो रिचार्ज आफूले गर्न सफल भएकोमा खुशी लागेको बताउनु भयो । मोबाइलमा ब्यालेन्स बढ्ने भन्दा पनि लाखौ स्रोतामा आफुले पहिलो रिचार्ज गर्न सफल भएको भन्दै मिनाले रेडियो र टेलिकमलाई कार्यक्रमको निरन्तरता दिन आग्रह गर्नुभएको छ । पर्वत ठुलीपोखरी घर भई पोखरामा रहनु भएको सुरेश पौडेलले आफूले पनि रिचार्ज गर्न सफल भएको भन्दै रिचार्ज धमाकाले स्रोताको मन जितेको बताउनु भयो । विहान साढे ५ बजेदेखि राती १० बजे सम्म १० वटा रिचार्ज कार्डको १० पटक पिन नम्बर भन्दै आएको रेडियोले स्रोताको माग अनुसार अन्य कार्यक्रम पनि पस्कदै जाने जनाएको छ । टेलिकमको ‘मनसंग जोडछ मन, बोली संग बोली’ भन्ने विज्ञापन बजेसंगै रिचार्ज कार्डको पिन नम्बर भन्ने गरेको रेडियोले जनाएको छ ।
रेडियोका स्टेशन म्यानेजर घनश्याम पाण्डेयले रेडियो गण्डकीको २५ लाख भन्दा बढि स्रोता रहेको बताउदै रिचार्ज धमाकाले रेडियो गण्डकी, नेपाल टेलिकम, विज्ञापनदाता र स्रोता सवैलाई फाइदा पुरयाएको बताउनुभयो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution