पोखरा, ०७ पौष –
पृथ्वीनारायण क्याम्पस, शिक्षाशास्त्र सङकाय, स्नातकोत्तर तह, नेपाली समूहको भाषिक, साहित्यीक एवम् खोजअनुसन्धानमूलक पत्रिका यात्रा अङक ६ को समिक्षा बैठक सोमवार सम्पन्न भएको छ ।
कार्यक्रममा यात्रा अङक ६ मा केही नबिनतम शैली अपनाइ प्रकाशन गरिएको पक्ष सकारात्मक रहेको चर्चा गरिएको थियो भने केही मानविय कमजोरीका कारण त्रृटिहरु हुन गएकोमा आगामि अङकमा त्यस्ता त्रृटिहरु हटाउन पहल गर्नुपर्नेमा जोड दिएको थियो ।
सो अवसरमा बोल्दै पत्रिकाका अध्यक्ष श्रीभद्र पौडेलले साढे तिन महिनाको छोटो अवधिमा पत्रिका प्रकाशन गरिएको जानकारी दिदै पृथ्वीनारायण क्याम्पसका प्राध्यापकहरुका विभिन्न गुट र उपगुटका कारण प्राध्यापकहरुको उचित सहयोग नपाउँदा विद्यार्थीको पत्रिका सोचेजति गुणस्तरिय बनाउन नसकेको बताए । पत्रिकाका केही पुर्बजहरुको असाध्यै ठूलो सहयोगबाट पत्रिका प्रकाशनमा आएको पनि अध्यक्ष पौडेलले बताए ।
त्यस्तै प्रकाशन समूहकी सचिव अनिता पण्डितले प्राध्यापक विद्यार्थी र विज्ञापनदाताको हातेमालोबाट मात्रै सफल पत्रिका प्रकाशन गर्न सकिने बताउँदै शैक्षिक पत्रिकामा कसैले पनि कुनजर राख्न नहुने बताइन् ।
त्यस अवसरमा पत्रिकाका उपाध्यक्ष झलक पौडेल, सदस्य सुनिता बराल र सदस्य उमा जिसीले पनि पत्रिकाको गठन देखि प्रकाशन सम्मका विभिन्न पक्षमा आ आफ्नो भनाई राखेका थिए । प्रकाशन समूहका अध्यक्ष श्रीभद्र पौडेलको अध्यक्षतामा बसेको सो बैठकको संचालन सचिव अनिता पण्डितले गरेकी थिइन् ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution