जनसरोकारका विषयहरुलाई समेट्न माग गर्दै परराष्ट्रमन्त्रीलाई प्रस्तावपत्र

पोखरा, ०७ पौष –
उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापाको यही पुस ८ गतेदेखि हुन गइरहेको चीन भ्रमणका अवसरमा राप्रपा नेपाल कास्की जिल्ला तथा गण्डकी अञ्चल समन्वय समितिको तर्फबाट चीनसँग हुने सम्भावित व्यापार तथा नाका खोल्ने सन्धी सम्झौता एवम् सरकारको सहयोगमा निर्माण हुने विकास निर्माणका सवालमा जनसरोकारका विषयलाई समेट्न माग गरिएको छ ।

उपप्रधान तथा परराष्ट्रमन्त्रीलाई पठाइएको राप्रपा नेपाल कास्की तथा गण्डकी अञ्चलको तर्फबाट अञ्चल संयोजक रमेश बहादुर भट्टराई एवं जिल्ला अध्यक्ष जयलाल पुनद्वारा हस्ताक्षरित प्रस्तावपत्रमा जनसरोकारका विषयहरुलाई समेट्न माग गरिएको छ ।

प्रस्तावपत्रमा कोराला जोमसोम नाका खोली विस्तार गर्ने, मुस्ताङ पोखरा राजमार्ग विस्तार गर्ने, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल शिघ्र संचालन गर्ने, पोखरा काठमाण्डौ रेलमार्ग निर्माण गर्ने र पोखरा शहरलाई स्मार्ट सिटी बनाउन चीन सरकारसँग अनुरोध गर्ने लगायतका प्रस्तावहरु रहेको गण्डकी अञ्चल सचिव सूर्य बाँस्तोलाले जानकारी दिनुभयो ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button