पोखरा, ०७ पौष –
पोखरा नयाँबजार निवासी सगुन गुरुङ र लक्ष्मण गुरुङले आफ्नो विवाहको नवौं वर्ष पुगेको अवसरमा पोखरा वृद्धाश्रममा भोजन तथा कपडा सहयोग गर्नुभएको छ । मंगलबार वृद्धाश्रममा पुगेर सगुन र लक्ष्मणले भोजनका लागि नगद १० हजार तथा जाडोमा ओढ्नका लागि ६५ थान पछ्यौरा प्रदान गर्नुभएको हो ।
हाल बेलायतमा बस्ने दुवै जना कार्यक्रमका लागि आफ्ना बुबा आमा सहितका आफन्तको साथमा वृद्धाश्रम पुग्नुभएको हो । वहाँहरुले आगामि दिनमा समेत सहयोग गर्ने बताउनुभएको थियो भने सहयोगप्रति वृद्धाश्रम परिवारले कृतज्ञता प्रकट गरेको छ । त्यस्तै पोखरा १७, विरौटा बस्ने खड्कबहादुर गुरुङले आफ्नी दिवंगत आमा बत्ती गुरुङको सम्झनामा खानाको व्यवस्था गर्नुका साथै विस्कुट र मोजा लगायतका सामग्री वितरण गर्नभएको छ ।
पोखरा वृद्धाश्रममा जन्मदिन, वैवाहिक वर्षगाँठ, आफ्ना दिवगंत आफन्तहरुको सम्झना तथा सेवाभावले सहयोगी दाताहरु पुग्ने गर्दछन् । निर्माण, अक्षयकोष, स्वास्थ्योपचार, दाहसंस्कार, आजीवन सदस्य लगायतका विभिन्न शीर्षकहरुमा नगद तथा लत्ता कपडा, खाद्यन्न सामग्री दिएर सहयोग गर्न सकिने वृद्धाश्रमका अध्यक्ष बसन्तकेशव पराजुलीले जानकारी दिनुभयो ।
पछिल्लो समयमा खाद्यन्न, हरियो तरकारी, नुहाउने, लुगा घुने तथा भाँडा सावुन, सरफ, सरसफाईका लागि हरपिक फिनेल लगायतका सामनहरुको अभाव हुन लागेको वृद्धाश्रमले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution