देशको समस्या काँग्रेसलेमात्र हल गर्छ – नेता कुँवर

पोखरा, ०७ पौष –

 नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय राम्जी कुँवरले देशमा भईरहेको समस्या नेपाली काँग्रेलेमात्र हल गर्न सक्ने ठोकुवा गरेका छन् । ओली सरकार समस्या समाधान गर्नतर्फ उन्मुख नभई समस्या थप्न केन्द्रीत भएको आरोप समेत लगाए ।

ATV NEPAL
Paragliding Pokhara
Pokhara Bungy

नेपाल ट्रेड युनियन काँग्रेस जिल्ला समिति कास्कीद्वारा ओयोजित व्यवसाय जन्य स्वास्थ्य सुरक्षा प्रशिक्षण कार्यक्रममा बोल्दै नेपाल ट्रेड युनियन काँग्रेस राष्ट्रिय समितिका वरिष्ठ उपाध्यक्ष समेत रहेका कुँवरले देशको राजनीति नेपाली काँग्रेसकै केन्द्रमा घुमिरहेको वताए । जिल्ला अध्यक्ष कुलदेवी बरालको अध्यक्षतामा भएको नाई पेशामा आवद्ध रहेका व्यवसायीलाई प्रशिक्षण कार्यक्रममा नेपाली काँग्रेस कास्कीका पार्टी सचिव कृष्ण केसीले पेशागत सुरक्षा, मर्यादित र अनुशासित बनाउँदै लैजान नाई पेशाकर्मीलाई अनुरोध गरेका थिए । पार्टीको १३ औं महाधिवेशनलाई इङ्गित गर्दै पार्टी वैज्ञानिक ठंगबाट चल्न आवश्यक भएको भन्दै लाभको पद भन्दा जनताको सेवामा समर्पितले मात्र दीगो स्थायीत्व हुने बताए ।

नेपाल ट्रेड युनियन काँग्रेस जिल्ला सचिव केशवराज भट्टराईको सञ्चालन र जिल्ला सदस्य केदार धमलाको स्वागत मन्तव्यमा भएको कार्यक्रममा प्रमुख प्रशिक्षक मित्रप्रसाद अर्याल रहेका थिए । सो प्रशिक्षण कार्यक्रममा नेपाल ट्रड युनियन काँग्रेस पश्चिमाञ्चल अध्यक्ष मुरारी शर्माले सिकेका सीपलाई व्यवहारमा उतार्न नाई पेशा कर्मीलाई स्वदेशी तथा विदेशी सेवाग्राहीलाई पहिचान दिन आग्रह गरे । कार्यक्रममा नेपाल नाई संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष लालबाबु ठाकुरले नाई पेशा सोचे जस्तो सहज नरहेको भन्दै जटिल पेशालाई प्रशिक्षण र पार्टीको साथ आवश्यक रहेको बताए ।

कार्यक्रममा नाई संघका जिल्ला अध्यक्ष विगुलाल ठाकुर, नेपाल ट्रेड युनियन काँग्रेस कास्कीका संगठन विभाग प्रमुख जितबहादुर गुरुङ लगायतले वोलेका थिए । करिव ६५ जना नाईहरुको सहभागिता रहेको उक्त प्रशिक्षण कार्यक्रममा लेखनाथ, हेम्जादेखि पोखरामा रहेका विभिन्न पेशाकर्मीहरु प्रशिक्षणमा रहेका थिए । कार्यक्रममा व्यक्तिगत जीवन र व्यवसायको सुरक्षा समेतमा प्रशिक्षण फलदायी भएको सहभागिहरुले बाताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button