पोखरा, ०७ पुस –
छैठौँ विग आईकन अन्तरगत पहिलो चरणको अडिसन राउण्ड मंगलबार सकिएको छ । तीन दिनसम्म चलेको अडिसनबाट १ सय १२ जना गायन प्रतिभाहरु दोस्रो राउण्डको अडिसनका लागि छनौट भएका छन् । तीन दिनसम्म भएको पहिलो चरणको अडिसनमा ४२ जिल्लाका ९ सय ३ जना प्रतिस्र्धीहरुले सहभागिता जनाएका थिए ।
‘बाक्लो सहभागिताका बीच पनि हामीले तीन दिनमा पहिलो चरणको अडिसन सकाएका छौ ।’ विग एफएमका कार्यक्रम संयोजक संजोग बस्यालले भने–‘चुस्त र दुरुस्त व्यवस्थापनसँगै निर्णायकहरुको सक्रियताले गर्दा पहिलो चरणको अडिसन तीन दिनमै सकाउन सक्यौँ ।’ दोस्रो चरणको अडिसन पुस ११ गते शनिबार हुने एफएमले जनाएको छ । अडिसन न्यूरोडस्थित स्काई टच रेस्टुरेन्ट एण्ड लाउन्ज बारमा बिहान ९ बजेदेखि हुनेछ ।
यो पटक विग आईकनको अडिसनमा पाँच जना निर्णायकहरुले प्रतिभा छनौट गरिरहेका छन् । यद्यपी पहिलो चरणको अडिसनमा भने श्यामसुङ तामाङ, सुनील थापा र विनोद बाँनियाले प्रतिभाहरु छनौट गरेका थिए । दोस्रो चरणको अडिसनपछि गायकद्वय कर्णदास र विवेक श्रेष्ठ निर्णायकको भुमिकामा आउने एफएमले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट १० प्रतिभा छनौटका लागि निर्णायकहरुको शतप्रतिशत अधिकार रहनेछ ।
‘यो पटक प्रतिस्पर्धा निकै कडा हुने देखिएको छ ।’ निर्णायक श्यामसुङ तामाङले भने–‘पहिलो चरणको अडिसनमै हामीले निकै संभावना बोकेका प्रतिभाहरु मात्रै छनौट गरेका छौँ ।’ दुई महिनासम्म चल्ने विग आईकनको यो सिजनमा कुल १९ चरणसम्म अडिसन राउण्ड चल्नेछ ।
छैठौँ सँस्करणको विग आईकनको विजेताले उपाधिसँगै १ लाख ७५ हजार रुपैयाँ बराबरको हिरो ड्यास स्कुटर र बेलायतको साँगीतिक यात्रा पुरस्कार स्वरुप पाउने एफएमले बताएको छ । त्यस्तै प्रतियोगितामा दोस्रो हुनेले ७५ हजार र तेस्रो हुने प्रतिस्पर्धीले ५० हजार रुपैयाँ बराबरको पुरस्कार प्राप्त गर्नेछन् ।
छैठौँ सँस्करणको विग आईकनको टाईटल स्पोन्सरमा सामसुङ मोबाईल, सबटाईटल स्पोन्सरमा कान्साई नेरोल्याक पेन्ट्स नेपाल, प्रोमोटेड बाई टाईटलमा द ब्रिटिश कलेज थापाथली, को–स्पोन्सरमा यूरो एशिया एजुकेशन कन्सल्टेन्सी, सब–स्पोन्सरमा पिपलडाली मसला, पोखरा सिने प्लेक्स र मिलिजुली डेकोरेशन रहेका छन् ।
त्यस्तै सपोर्टेड बाई टाईटलमा एब्स्ट्रयाक्ट एजुकेशन नेटवर्क, पावर्ड बाई टाईटलमा जिङ्ग अल्ट्रा प्रीमियम भोड्का, टेलिभिजन, मिडिया पार्टनरमा एभिन्यूज टेलिभिजन, कान्तिपुर साप्ताहिक, समाधान दैनिक, अनलाईन पार्टनरमा जक्शन डटकम, म्यागेजिन पार्टनरमा ‘यस’ म्यागेजिन, होटल पार्टनरमा होटल बाराहि, भेन्यु तथा रेष्टुरेण्ट पार्टनरमा स्काई टच रेष्टुरेण्ट न्युरोड, बैंकिङ पार्टनरमा गरिमा विकास बैंक र ट्राभल पार्टनरमा जिरो प्वाईन्ट ट्राभल्स एण्ड टुर्स रहेका छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution