कालिका क्याम्पसले विविध कार्यक्रम गर्दै रजत जयन्ती मनाउने

पोखरा , ०७ पौष –

पोखरा–१८ काजिपोखरीमा रहेको कालिका बहुमुखी क्याम्पसले विविध कार्यक्रम गर्दै रजत जयन्ती मनाउने जनाएको छ ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा क्याम्पस प्रमुख बालाकृष्ण शर्माले २४ वर्ष सफलता पूर्वक पारसकेको अवसरमा २५ औं वर्षको विविध कार्यक्रम सार्वजानिक गरे । क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष सन्तबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा रजत जयन्ती मनाउन सञ्चालक समितिका अध्यक्ष सुर्यबहादुर के.सी.को अध्यक्षतामा १ हजार १ सदस्य मुल आयोजक समिति र अन्य १७ वटा विभिन्न उपसमितिहरु गठन गरिएको जानकारी दिइयो । रजत जयन्तीको अवसरमा क्याम्पस परिसर सरसफाइ तथा मर्मत सम्हार सकिएको जानकारी दिँदै निवन्ध प्रतियोगिता, भलिवल, टेवल टेनिस, व्याटमिन्टन, लङजम्प प्रतियोगिता गर्ने तयारी भईरहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

रजत महोत्सव सुभारम्भको पूर्वसन्ध्यामा क्याम्पसले पुस ११ शनिवार विहान ८ वजे प्रभातफेरी कार्यक्रम गर्ने भएको छ । रजत महोत्सवको अवसरमा क्याम्पसले खुल्ला रक्तदान, बृक्षरोपण, स्मारिका प्रकाशन, सिनेटर अभिबृद्धि तथा अक्षयकोष स्थापना, नेगी पुस्तकालयको समुद्घाटन जस्ता रचनात्मक कार्यगर्ने क्याम्पसले जनाएको छ । मुल समितिको अतिरिक्त रजत जयन्ती भब्य रुपमा सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरीएको प्रचार उपसमितिका संयोजक एवं प्राध्यापक संघका कावा सभापति रवीन्द्र बाँस्तोलाले जानकारी दिए ।

२५ रोपनी क्षेत्रफलमा रहेको सुविधा सम्पन्न भौतिक संरचना भएको स्वच्छ शैक्षिक वातावरण संगै व्यवस्थित चमेना गृह, विज्ञान प्रयोगशाला, शैक्षिक उपकरणमा सञ्चालित क्याम्पसमा ११ हजार ५ सय विद्यार्थीहरुले विभिन्न तह उत्तीर्ण गरिसकेको पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो । क्याम्पसले केदार मनभुजा विद्या प्रतिष्ठान, चन्द्रमायाँ कार्की स्मृति प्रतिष्ठान, मोहन बावु स्मृति प्रतिष्ठानबाट विद्यार्थी लाभान्वित भईरहेको जानकारी दिएका थिए । पत्रकार सम्मेलनमा वोल्दै ब्यवस्थापन समितिका उपाध्यक्ष सन्त वहादुर गुरुङ्गले रजत जयन्ति सफल वनाउन सवैपक्षलाई आह्वान गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button