पोखरामा भोलि बिहिबार पेट्रोल वितरण हुने – विवरण सहित

पोखरा, ०८ पौष –

कास्कीमा  मिति २०७२-९-९ गते बिहिबार नम्वरप्लेटका आधारमा विभिन्न पेट्रोल पम्पबाट चार पांग्रे सवारीसाधनलाई मात्र पेट्रोल वितरण हुने भएको छ  ।बिहिबार विहान  ८ बजे देखि  कास्कीका १६  वटा पेट्रोल पम्पबाट चार पांग्रे सवारीसाधनलाई ७२  हजार लिटर पेट्रोल वितरण गरिने  जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । प्रतिगाडि रु. १५०० बराबरको पेट्रोल वितरण हुने र  सवारी धनीले पेट्रोल लिनको लागि  व्लूबुक तथा  परिचय पत्र अनिवार्यरुपमा लिई आउनु पर्ने समेत प्रशासनले जनाएको छ।

                           विहीबारको लागि चारपाग्रे सवारुी साधनहरुलाई  वितरण हुने पम्प  परिमाण र  स्थानहरुको लिस्ट विवरण

petrol1petrol10

उपरोक्त पेट्रोल पम्पहरुबाट तेल वितरण गर्दा अनिवार्य अभिलेख राखी  वितरण गर्ने र वितरणको विवरण जिल्ला प्रशासन कार्यालय, कास्कीमा पेश गर्नुपर्ने छ । वितरण हुने उत्त .पेट्रोल मिति २०७२।९।८ गते साझसम्ममा नेपाल आयल निगम, इन्धन डिपो, गगनगौडाले सम्बन्धीत पम्पहरुमा उपलब्ध गराईसक्नुपर्ने छ ।पेट्रोल  वितरण भोलि  विहान ८ बजे देखि शुरु हुने प्रशासनले बताएको छ  ।  कास्की जिल्लाको पेट्रोलियम पदार्थको वितरण सम्वन्धी कार्यको अनुगमन तथा निरीक्षण गर्ने प्रयोजनको लागि देहाय बमोजिमको समिति गठन गरी वितरण प्रकृयालाई प्रभावकारी बनाउने निर्णय गरेको प्रसाशन ले जारि गरेको सुचनामा उल्लेख गरिएको छ  ।

(क) लेखनाथ पारीको क्षेत्रमा ः
१. राजन नेपाल, नेपाल आयल निगम – संयोजक
२. प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, कास्की – सदस्य
३. प्रतिनिधि, घरेलु तथा साना उद्योग कार्यालय, पोखरा – सदस्य
४. प्रतिनिधि, उपभोक्ता मञ्च – सदस्य
५. प्रतिनिधि, लेखनाथ उद्योग बाणिज्य संघ – सदस्य
(ख) पोखरा क्षेत्रमा ः
१. प्रशुराम अधिकारी, नेपाल आयल निगम – संयोजक
२. प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, कास्की – सदस्य
३. प्रतिनिधि, घरेलु तथा साना उद्योग कार्यालय, पोखरा – सदस्य ,
४. प्रतिनिधि, उपभोक्ता मञ्च – सदस्य
५. प्रतिनिधि, पोखरा उद्योग बाणिज्य संघ – सदस्य

उपरोक्त बमोजिमको अनुगमन तथा निरीक्षण समितिले पम्पहरुको शुरु तथा अन्तिम मास्टर मिटर रिड गरी पारित नीति बमोजिम वितरण भए, नभएको अनुगमन गरी वितरणको प्रभावकारिता सुनिश्चित गर्नेछ ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button